बागलुङ/ बागलुङ दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा दिपक गौतम सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न २२ औं साधारणसभाले गौतमलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा राम बहादुर हमाल चयन भएका छन् । यसअघी सचिव रहेका हमाल उपाध्यक्षमा चयन भएका हुन् । यसअघीको कार्यकालमा सञ्चालक सदस्य रहेका गोविन्द प्रसाद सापकोटा सचिवमा चयन भएका छन् । संघको सहसचिवमा कमल प्रसाद शर्मा र कोषध्यक्षमा केशव प्रसाद कँडेल चयन भएको निर्वाचन समितिका संयोजक राम बहादुर जिसीले जानकारी दिए ।
संघको सञ्चालक सदस्यहरुमा गीता सुवेदी, बालानन्द कँडेल, नारायण प्रसाद गैरे, गुणाखर कँडेल चयन भएका छन् । लेखा समितिको संयोजकमा मणिभद्र कँडेल र सदस्यहरुमा गोविन्द बहादुर खड्का र राम प्रसाद कँडेल चयन भएको जिसीले बताए । चार बर्षे कार्यकालका लागि संघको नयाँ नेतृत्व चयन भएको हो ।





