बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

किसानलाई व्यवसायीक उत्पादनमा लाग्न उपसभामुखको आग्रह

किसानलाई व्यवसायीक उत्पादनमा लाग्न उपसभामुखको आग्रह


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८०, सोमबार

बागलुङ/ गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले व्यवासायीक उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गरेकी छन् । परम्परागत शैलीबाट माथी उठेर उत्पादनमा लाग्दा आम्दानी पनि राम्रो हुने भएकाले प्रबिधिको सहारामा व्यवसायीक उत्पादनमा लाग्न उनको आग्रह थियो ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघको २२ औं साधारणसभालाई सोमबार बागलुङमा उद्घाटन गर्दै थापाले उत्पादनको क्षेत्रमा लागेका सहकारीमा कुनैपनि समस्या नरहेको बताईन् । पछिल्लो समय सहकारी क्षेत्रप्रति उठेका प्रश्नहरुको उद्देश्य अनुसार चलेका सहकारीले जवाफ दिईरहेको उनको धारणा थियो ।

थापाले कृषि उपजहरुको बजारीकरणमा जात, धर्म, लिंगका आधारमा बिभेद हुने गरेका घटना अझै सुनिनु दुखद भएको बताईन् । ‘बागलुङमा एउटा सहकारीले एउटा समुदायको दुध नलिएको समाचार सुनेको थिएँ, त्यो कानुनी र व्यवहारीक हिसाबले राम्रो होईन्’ थापाले भनिन् ‘सहकारीमा सबैको समान सहभागिताको सूनिश्चितता हुन जरुरी छ ।’

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहकारीहरुले आफ्ना कामको फेन्सी प्रचारभन्दा बस्तुगत कामको समिक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । सहकारीका शेयर सदस्यले नै आफ्नो संस्थाको बिषयमा सोधीखोजी नगर्ने र बेवास्ता गर्दा सहकारी समस्यामा परेको उनको धारणा थियो । ‘साधारणसभा शेयर सदस्यहरुको अधिकार सम्पन्न सभा हो, यहाँ बस्तुगत हिसाबले समिक्षा गरौं’ बरालले भने ‘सतही कुराले मात्रै उन्नती हुँदैन्, उत्पादन गर्ने किसान कहिलै मर्दैन् ।’

कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटा, राष्ट्रिय सहकारी संघका सञ्चालक हुमकुमारी जिसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, कृषि विकास बैंकका प्रबन्धक पदमलाल पुरी, होटल संघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष युक्त प्रसाद कँडेल, किसान मिन कँडेल, उपभोक्ताको तर्फबाट मेघनाथ कँडेल लगायतले बोलेका थिए ।

संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, सञ्चालक सदस्य केशव प्रसाद कँडेलको स्वागत र सचिव रामबहादुर मल्ल तथा सदस्य गोविन्द सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->