बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८०, सोमबार

बागलुङ/ लागूऔषध कसुर मुद्दामा अदालतबाट १ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएपछि भागेका यहाँका एक प्रतिवादी पक्राउ परेका छन् ।

बागलुङको तमानखोला गाउँपालिका–२ का ६७ बर्षिय चाउरे भन्ने रत्नप्रसाद कामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गतबर्ष २०७९ असार २६ गते लागूऔषध कसुर मुद्दामा गुल्मी जिल्ला अदालतले कामीलाई दोषी ठहर गरेको थियो ।

उनलाई १ महिना कैद र ७ हजार जरिवाना तोकिएको थियो । प्रहरीले कामीलाई पक्राउ गरेर कारवाहीका लािग जिल्ला अदालत बागलुङमा पठाएको प्रहरी नायव उपरिक्षक मदन केसीले बताए । पछिल्लो समय प्रहरीले फरार प्रतिवादी फक्राउको लहर चलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->