बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दूध बेचेर करोडौं गाउँ भित्राउँदै किसान

दूध बेचेर करोडौं गाउँ भित्राउँदै किसान


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८०, मंगलबार

बागलुङ/ जिल्लाका किसानले दूध बिक्री गरेर हरेक बर्ष करोडौं रुपैयाँ गाउँ भित्राउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दुध बिक्री गरेर करोडौं रुपैयाँ गाउँ भित्राएका हुन् ।

जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध पु¥याउने गरेका छन् । संघबाट यहाँका किसानले एक वर्षमै ७ करोड ३४ हजार १९ रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन् ।

उत्पादित दुग्ध सहकारीमार्फत् प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरूले आम्दानी गरेका हुन् । बागलुङ नगरपालिका र काठेखोलाका १४ वटा दुग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७९/०८० मा सहकारीमार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँमा पु¥याएका हुन् ।

दुध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–८ मा रहेको गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मिनप्रसाद कँडेलले बताए । काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय लिटर दूध सहकारी संघलाई बजारमा पठाउने गरेको किसान बताउँछन् ।

‘यो वर्ष हामीले राम्रो दूध उत्पादन गरेका थियौं, किसानको मिहिनेत हेरेर राज्यका निकायले पनि सहयोग गर्न जरुरी छ,’ कँडेलले भने ‘पशुधनबाट हुने आम्दानीले किसानले जीविका चलाउन सक्ने बनाउनु पर्छ ।’ चौधवटा सहकारीका शेयर सदस्य रहेका किसानले गाउँ–गाउँमा संकलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी संघलाई उपलव्ध गराउने गरेका छन् ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट ९ करोड बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए । ‘हामीले सहकारीमा आवद्ध किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गरेका छौं,’ गौतमले भने ‘पशु बीमा, औषधि, लगायतका कार्यक्रम सञ्चालन गरेर किसानलाई संघले विभिन्न तरिकाबाट सहयोग गरिरहेको छ ।’
गौतमका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै दुग्ध सहकारीमा जम्मा गरेर सहकारीमार्फत् एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज हुने गरेको छ । २०५७ सालमा स्थापना गर्दा दूध संकलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनेको छ ।

संघले स्थापना गरेको दुग्ध उद्योगबाट छुर्पीलगायतका उत्पादन बिदेश निर्यात समेत हुने गरेका छन् । संघमा मात्रै १५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । संघमा आबद्ध १४ वटा सहकारीका संकलन केन्द्रका कर्मचारी, ढुवानी कर्मचारी लगायतको जनशिक्तको व्यवस्थापन हुँदा ४० जना बढी युवाहरु प्रत्यक्ष अप्रत्यक्ष रोजगारीमा जोडिएको अध्यक्ष गौतमले बताए ।

दूधलाई एकत्रित गरी ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थहरू जस्तैः घीउ, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी संघका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए ।

संघले किसानको दूधको मूल्य तिरेर बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दुध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवद्र्धनात्मक काममा लगानी गर्ने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमा झन्डै एक हजार पाँच सय किसानले धेरैथोरै दुध बजारीकरणका लागि पठाउछन् ।

संघमा आबद्ध भैनसकेका जिल्लाको दक्षिण क्षेत्रका किसानले पनि सहकारीमा आबद्ध भएर करोडौंको दूध बिक्री गर्ने गरेका छन् । सहकारीहरुले एकल रुपमा एक करोड बढीको दूध उत्पादन र बिक्री गर्ने गरेको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए । कालिगण्डकी, नव नमूना, नारायणस्थान, पल्लो पाखा र जैमिनी दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूध पोखरा निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->