बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटनको विकास गर्नसके युवा विदेशिनु पर्दैन : उपसभामुख थापा

पर्यटनको विकास गर्नसके युवा विदेशिनु पर्दैन : उपसभामुख थापा


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०८०, बिहिबार

बागलुङ/ ४४ औं विश्व पर्यटन दिवश बागलुङमा पनि मनाइएको छ । बागलुङ नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय बागलुङ, पर्यटन विकास समिति, बागलुङ कालीका भगवती गुठी, होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र होटल संघ बागलुङको आयोजनामा दिवश मनाइएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रवद्र्धन गरेको कार्यक्रममा व्यवसायी, जनप्रतिनिधि र सामुदायिक क्षेत्रका व्यक्तिहरुले सहभागिता जनाएका थिए । बागलुङमा आयोजित समारोहमा गण्डकी प्रदेश सभाकी उपसभामुख बिना थापाले पर्यटकीय क्षेत्रको विकास गर्न सकेमा बैदेशिक रोजगारीमा जाने युवाले स्वदेशमै रोजगारी पाउने बताइन् । उनले व्यवस्थापनमा सहयोग गर्न सके गाउँ गाउँमा पर्यटकीय केन्द्र बनाउन समुदाय जुरमुराउने बताइन् ।

गण्डकी प्रदेश सरकारले सूचीकृत गरेका पर्यटकीय क्षेत्रलाई समेटेर स्थानीय तहले पनि कार्यक्रम संचालन गर्ने र संयुक्त लगानीको आधार तयार गर्न सकेमा युवाहरुले गाउँघरमै रोजगारीको अबसर पाउन सक्ने थापाले बताइन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पर्यटन प्रवद्र्धनका लागि संभावनाको खोजी, लगानी र लगानीको सुरक्षामा ध्यान दिन सकेमा पर्यटन प्रवद्र्धन बढाउन सकिने बताए । पर्यटनबाट नेपालका अधिकांस जिल्लाले फाइदा लिन सक्ने भएपनि चुस्त व्यवस्थापन हुन नसकेको रिजालले बताए ।

कार्यक्रममा पर्यटन बोर्डका बरिष्ठ अधिकृत कुन्दन मिश्र र बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले पर्यटन प्रवद्र्धनका लागि गर्न सकिने काम र व्यवस्थापन बारे प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->