बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कमल शर्मा फाउण्डेसनको अस्पतालमा सहयोग

कमल शर्मा फाउण्डेसनको अस्पतालमा सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८०, शुक्रबार

बागलुङ/ अमेरिकामा बसेर काम गर्ने क्रममा बिरामी भइ निधन भएका बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ का कमल शर्मा परिवारले धौलाागिरि अस्पताललाई लाखौंको उपकरण सहयोग गरेका छन् ।

शर्माको स्मृतिमा स्थापित ‘कमल शर्मा फाउण्डेसन’ले धौलागिरि अस्पतालमा अन्जादी १२ लाख पर्ने अत्याधुनिक ल्याबको मेसिन सहयोग गरेको छ । फाउण्डेसनले ‘हेमोटोलोजी अटो लोडर उल्टर काउन्टर’ सहयोग गरेको हो ।

उक्त काउण्टरले एकैपटकमा ५० वटासम्म रगतको नमूना परीक्षण गर्न सक्छ । त्यस बाहेक अस्पतालमा साधारण प्रकारको काउन्टरसमेत संचालनमा छ । यो मेसिनले आधुनिक विधिबाट रगतको परीक्षण गर्न सकिने प्राविधिकले बताए ।

बागलुङको जैमिनी घर भई अमेरिकामा अध्ययन गरेर उतै काम गर्दै आएका शर्माको गत बर्ष टेक्सासमा निधन भएको थियो । उनलाई दुर्लभ मानिने कलेजोको क्यान्सर भएको थियो । दश महिनासम्म अस्पतालमा उपचार गर्दा पनि उनको उपचार संभव नभइ निधन हुन पुगेको थियो ।
शर्माको निधन भएपछि शर्माकी पत्नि सरिताले उक्त मेसिन खरिद गरेर अस्पताललाई सहयोग गरेकी हुन् । गत बर्ष शर्माको कलेजोमा क्यान्सर भएर उपचारको क्रममा निधन भएको थियो । उनको स्मरणमा उपकरण सहयोग गर्ने मन गरेर परिवारका सदस्यले आफ्नै जिल्लाको अस्पताललाई साधन श्रोत सम्पन्न बनाएका हुन् ।

मृतक शर्माका बाबु बद्री शर्मा र आमा सशीसहित परिवारका सदस्यले उक्त उपकरण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेललाई हस्तान्तरण गरे । मृतक शर्माको २ छोरा, १ छोरी र पत्नि छन् ।

बिहिबार अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त मेसिन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मृतकका बाबु बरिष्ठ अधिवक्ता बद्री शर्माले छोराका चाहना पनि आफ्नै देशमा केही गरौं भन्ने भएको र अमेरिकामा काम गरेपनि यहाँको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न चासो राखेकोले उनको स्मृतिमा गरिएको कार्यक्रमपनि धौलागिरि अस्पतालमा ल्याइएको जानकारी दिए ।

अस्पताल बिकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, मृतकको परिवारका सदस्य रहेका अधिवक्ता अखिलनाथ शर्माको स्वागत र अस्पतालका नवराज शर्माको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले अस्पतालले सेवा सुधार गर्दा आम नागरिकको विश्वास बढेको बताए ।

कार्यक्रममा अस्पतालका पूर्वअध्यक्ष केवी राना मगरले अस्पताललाई सबैको भरोसाको केन्द्र बनाएमा रिफर सेन्टरभन्दा उपचारको गन्तव्य बन्ने बताए ।

धौलागिरि अस्पताललाई २ सय बेड सहितको बनाउन लागिएको छ । दैनिक ५ सय सम्म बिरामी उपचारकालागि आउने गर्छन् । थपिएको उपकरणले काममा सहज हुने मेडिकल सुपरिटेण्डेन्ट डा. रबि रञ्जन प्रधानले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->