बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मासुमा मनोमानी रोक्न सहजीकरण समिति गठन

मासुमा मनोमानी रोक्न सहजीकरण समिति गठन


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०८०, शनिबार

बागलुङ/बागलुङ नगर क्षेत्रमा कुखुराको मासुको बजार व्यवस्थापन र मुल्य समायोजनका लागि बागलुङ नगरपालिकाले पहल थालेको छ । उपभोक्ता हित संरक्षण समितिले कुखुराको मासुसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर बजार व्यवस्थापन र मुल्य समायोजनको पहल थालेको हो ।

शुक्रबार सरोकारवालासहित बसेको समितिको बैठकले मासु बिक्री वितरणलाई व्यवस्थित, प्रभावकारी र प्रतिस्पर्धात्मक बनाउने र मासिक रुपमा अध्ययन तथा तथा सहजीकरण गर्नका लागि सहजीकरण समिति गठन गरेको छ ।

समितिले मासु उत्पादनको अवस्था, बजारको माग, किसानको उत्पादन लागत लगायतका विषयहरुमा मासिक रुपमा अध्ययन गरेर मुल्य निर्धारणका लागि सहयोग गर्ने छ ।

बागलुङ नगरपालिका संयोजक रहने समितिमा जिल्ला प्रशासन कार्यालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, उद्योग वाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, मासु व्यवसायी संघ, कुखुरापालक किसान संघ, दाना चल्ला सप्लायर्स, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि र बजार अनुगमन अधिकृत तथा बागलुङ नगरपालिकाको भेटेरीनरी शाखाका प्रमुख पदेन सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->