बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेतृत्व सेलेक्सनबाट हैन, इलेक्सनबाट चयन हुनुपर्छ: हिराबहादुर केसी

नेतृत्व सेलेक्सनबाट हैन, इलेक्सनबाट चयन हुनुपर्छ: हिराबहादुर केसी


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०८०, आइतबार

सहमति र सहकार्यको कुरा बोलीमा मीठो सुनिन्छ । तर, सहमति र सहकार्यको नाममा गुटबन्दी मौलाउने अवस्था सिर्जना हुनुहुँदैन । पार्टीलाई गतिशील बनाउन, युवाहरुको आस्थाको केन्द्र बनाउने मेरो पनि जिम्मेवारी ठानेर म मैदानमा छु ।

हाम्रो पार्टीको जिवनमा गण्डकी प्रदेशको प्रथम अधिवेशन आयोजना हुँदैछ । यो अधिवेशनलाई हर हिसाबले भव्य बनाउनु र ऐतिहासिक बनाउनु हामी नेता कार्यकर्ताको महत्पवूर्ण जिम्मेवारी हो । त्यसकारण यो प्रथम अधिवेशनलाई हर हिसाबले सफल बनाउनु त्यो कार्यभार पुरा गर्नकाल लागि हामी सम्पूर्ण सामथ्र्यका साथ खटिरहेका छौं, मेहनत गरिरहेका छौं र अब दिनमा होइन केही घण्टामा काउन्ट डाउन गर्ने बेला आएको छ । यसअघिका हरेक कार्यक्रममा पनि त्यसरी नै हामीहरुले सम्पूर्ण सामाथ्र्य र शक्ति लगाएर सम्पन्न गर्ने अभियानमा जुटिरहेका छौं ।

एमाले गण्डकी प्रदेशको ऐतिहासिक महाधिवेशनको कुरा गरिरहँदा हाम्रो पार्टीले केही समयअघि संचालनमा ल्याएको ‘मिसन ग्रासरुट’ अभियानतर्फ जानुपर्ने हुन्छ । साँच्चै भन्ने हो भने, एमाले आज पनि नेपालको एउटा राष्ट्रिय सामथ्र्यको रुपमा आफुलाई व्यवस्थित गर्दै गइरहेको, उदाउँदै गरेको र आज देशको जल्दोबल्दो समस्याको समाधान गर्ने त्यसको सफल नेतृत्व गर्ने, सामाथ्र्य निमार्ण गर्दै गरेको पार्टी हो । हो, पार्टी पार्टी जीवनमा, विचारको पक्षमा, संगठनको पक्षमा, सञ्चालनको पक्षमा, कार्यशैलीको पक्षमा केहि कमी कमजोरी छन् नै । तीनै तहको सरकार सञ्चालनको कामलाई प्राथमिकतामा राख्दा पार्टीको संगठन संचालनको कामले कम प्राथमिकता पायो । पार्टी एकता गर्ने क्रममा तीन वर्ष एक ढंगले हाम्रो संगठनको काममा सम्पूर्ण हिसाबले सिथिलता आयो ।

खिया लाउने काम भयो । त्यसकारण हामीले त्यसले पारेका नकरात्मक प्रभावहरु, त्यसले संगठनमा सिर्जना गरेका खराबीहरुलाई पहिचान गर्नका लागि मिसन ग्रासरुट सञ्चालन गरेका थियौ र त्यो सञ्चालन गर्न हामी प्रत्येक टोल-टोलमा, बस्तीबस्तीमा, जनताको घर–घरमा पुगेर हाम्रो पार्टीको अवस्थाको बारेमा, समस्याको बारेमा, सम्भावनाको बारेमा, वैचारिक क्षेत्रमा, संगठनको क्षेत्रमा, विकास निर्माणका क्षेत्रमा जहाँ-जहाँ जे-जे खालका समस्याहरु छन् ती सवै निरुपण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका थियौं ।

र, मिसन ग्रासरुटको सन्देश भनेको हाम्रो कार्यकर्ता पंक्ति र तलका तहका कमिटीका नेता÷कार्यकर्ताहरु माइन्यूटमा र निर्णय पुस्तिकामा उपस्थिति भएका तर जनताको घर–आँगनमा उपस्थिति नभएकोे पायौं । हिजो हाम्रो पार्टीको सामथ्र्य भनेको युवा शक्ति थिए, पढेलेखेका थिए,समाज बुझेका÷जानेका पंक्ति हाम्रो पार्टीमा थियो । मिसन ग्रासरुटको तलतलसम्म हामी पुग्दाखेरी हामी युवाहरुको बीचबाट अलिकति ‘कटअप’ हुँदै गएको, संगठित गर्न नसकेको अथवा युवाहरुलाई प्राथमिकता दिन नसकेको पायौं ।

अर्को, कम्युनिष्ट पार्टीको आधार भनेको किसान वर्ग, मजदुर,आधारभूत समुदाय र वर्ग हो त्यो वर्ग र समुदायमा पनि हामीले हाम्रो पार्टीलाई सही ढंगले सञ्चालन गर्न नसकेको अर्थात त्यो वर्ग पनि अलिकति हामीबाट अलगथलग हुन खोजेको त्यस्तो खतराका संकेतहरु पनि पत्ता लगायौं । र, पार्टी संगठनभित्र अवसरवाद अत्यन्तै मौलाएको, कामचोर प्रवृत्ति अत्यन्तै हाबी भएको अनि टापटिपे प्रवृत्तिले पार्टीलाई धेरै नकरात्मक क्षति पु¥याएको अवस्था देखियो ।

हाम्रो कार्यशैली सुधार, दृष्टिकोणमा लागेका खियाहरुलाई हटाउनु नै अहिलेको आवश्यकता हो भन्ने माथिल्ला कमिटीहरुलाई सुझाव पठायौं । अहिलेको गण्डकी प्रदेशको अधिवेशन त्यही सुझावलाई कार्यान्वयन गर्ने एउटा अभियान हुनुपर्छ भन्ने मेरो र आम कार्यकर्ताको मान्यता हो ।

पार्टीमा अर्को पनि समस्या छ । हाम्रो माथिल्लो नेतृत्वमा अलिकति दक्षिणपन्थी विसर्जनको खतरा, संगठननात्मक अराजकता र विसर्जनको खतरा देखा परेको पक्का हो । चाहे तल देखिएको अराजकताको स्थिति होस् वा नेतृत्वमा देखिएको अदूरदर्शीता नै किन नहोस्, पार्टीलाई विसर्जनको दिशामा धकेल्छ । नेतृत्व तहमा माथिमाथि देखा पर्दै गएको दक्षिणपंक्ति अवसरवाद र स्वेच्छाचारिता त्यसले पनि पार्टीलाई विसर्जनको दिशामा धकेल्छ । त्यसकारण हामीले भनेका छौं जुन जुन तहमा जस्ता जस्ता प्रवृत्तिका समस्याहरु देखा परेका छन्,त्यसलाई हामीले समाधान गर्ने सामथ्र्य राख्नुपर्दछ । हामी पार्टीलाई त्यो दिशामा लैजान चाहन्छौं ।

रह्यो कुरा, पार्टी प्रदेश कमिटीको नेतृत्वको आकांक्षा । यो विषयमा म प्रष्ट छु । यसमा मैले दुई–तीन पक्षलाई हेरेको छु । एउटा हामीभन्दा अगाडीको हाम्रो नेतृत्व पुञ्जले हाम्रो उमेरमा कति धेरै आन्दोलनलाई योगदान गरिसक्नुभएको थियो, नेतृत्व गरिसक्नुभएको थियो । त्यो उदाहरण नै हो संगठनात्मक नेतृत्व, राजकीय क्षेत्रको नेतृत्व, आन्दोलनको नेतृत्व । त्यो सबै ठाउँमा हामीभन्दा अगाडीको नेतृत्वपुञ्जले कस्तो कस्तो बाटो हिँडेर आयो भन्ने कुराको एकदमै गहिरो अध्ययन मैले गरेको छु र त्यो रेफ्रेन्सबाट मैले केही शिक्षा लिएको छु । दोस्रो भनेको राजनीतिक परिवर्तन आन्दोलनको नेतृत्वस गरेको त्यो पुञ्ज त्यो पंक्तिले आजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको कार्यभारलाई नेतृत्व गर्ने सन्दर्भमा कहाँकहाँ चुक्यो, कहाँ कहाँ सामाथ्र्य गुमायो वा नसकेर÷ सकेर वा बेइमानी गरेर चुक्यो ।

यो तीन पक्षमा मैले हेरेको छु । एउटा परिवर्तित सन्दर्भमा नसकेर, परिवर्तित आन्दोलनका एजेन्डाहरुलाई, परिवर्तित कार्यभारहरुलाई नेतृत्व गर्ने सामथ्र्य नै नभएर पनि हो । त्यसका लागि हाम्रो नेतृत्व गतिशील बनेन । अथवा हिजोको सन्दर्भमा हिजोको आन्दोलनको नेतृत्व गर्न सफल भयो आन्दोलनपछिको कार्यभारलाई नेतृत्व गर्न असफल भयो । दोस्रो क्षमता पनि छ, सामाथ्र्य पनि छ तर इमान गुमायो, जमान गुमायो । त्यसले बेइमानी ग¥यो जनताप्रति, आन्दोलनप्रति र समाजप्रति बेइमानी ग¥यो । तेस्रो पक्ष भनेको चाहे परिवारमा होस्, चाहे संस्थामा होस्, चाहे राजनीतिक दलमा होस् या चाहे सरकार सञ्चालनमा होस् । पुस्तान्तरणको कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो । हरेक ठाउँमा पुस्तान्तरणको कुरा भइराखेको छ तर राज्य सञ्चालन गर्ने त्यो नेतृत्व पार्टी सञ्चालन गर्ने ठाउँमा तपाईँले पुस्तान्तरणको कुरा गर्नुहुन्न । पुस्तान्तरणको प्रश्न आजको सबैभन्दा महत्वपूर्ण र जटिल प्रश्न हो । म पुस्तान्तरणको पक्षपाति हुँ, नेतृत्व निर्माणको सन्दर्भमा । यी विषयलाई आधार बनाएर हामीले के भनेका छौं भने अब प्रदेशको नेतृत्व गर्ने पालो हाम्रो आयो । कमरेडहरु ! के सल्लाह दिनुहुन्छ तपाईँहरुले ? के सुझाव र के सहयोग गर्नुहुन्छ भनेर हामी भन्दा अग्रज नेतृत्वपुञ्जसँग पनि छलफलमा छु ।

र, तलबाट आएका प्रतिनिधि साथिहरुसंग पनि व्यापक छलफलमा छौं । तलबाट आउनुभएका ९०७ जना प्रतिनिधिहरु पनि यो विषयमा छलफलमा हुनुहुन्छ । जम्मा ९०७ जना प्रतिनिधि र हाम्रो यो गण्डकी प्रदेशले जन्माएका सम्मानित नेतृत्व पुञ्जको बीचमा हामीले अन्तरक्रिया गर्छांै, छलफल गर्छौ, बहस गर्छौ र हामी एउटा सही निष्कर्षमा पुग्छौं । त्यसमा म पनि छु र नेतृत्व दिन सामथ्र्य राख्ने अन्य कमरेडहरु पनि हुनुहुन्छ । तर, खुलेर भन्दा म अब गण्डकी प्रदेशको नेतृत्व लिन, यो प्रदेशलाई नेतृत्व दिन, यहाँको संगठनलाई आफ्ना उदेश्य अनुरुप सञ्चालन गर्न परिचालन गर्ने सामथ्र्य राख्छु । पार्टीलाई गतिशील बनाउन, युवाहरुको आस्थाको केन्द्र बनाउने मेरो पनि जिम्मेवारी ठानेर म मैदानमा छु ।

र, यसै सन्दर्भमा, मैले ती ९०६ प्रतिनिधि कमरेडहरु र समग्र नेतृत्वपुञ्जहरुसंग मैले छलफल गरेको छु र भोट मागेको छु यो जिम्मेवारी मलाई दिनुस् भनेको छु । यो जिम्मेवारी मैले कुशलता पूर्वक सफलतापूर्वक, निष्ठापूर्वक, इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । अधिवेशनमा सहमति र सहकार्यका कुरा पनि आएका छन् । सहमति र सहकार्यको कुरा बोलीमा मीठो सुनिन्छ । तर, सहमति र सहकार्यको नाममा गुटबन्दी मौलाउने अवस्था सिर्जना हुनुहुँदैन । जमाना ‘सेलेक्सनको हैन, ‘इलेक्सन’को हो । आफूलाई प्रमाणित हुने वा सामथ्र्यको महसुस गर्ने अवसर हरेक नेता÷ कार्यकर्ताले पाउनुपर्छ भन्ने मेरो मान्यता हो । यो अधिवेशनमा म युवाहरुको आवाज बोकेर मैदानमा आउँदैछु । आशा छ, प्रतिनिधि साथीहरुले मेरो आवाज सुन्नुहुनेछ ।
(एमाले गण्डकीको प्रथम अधिवेशनको सन्दर्भमा अध्यक्षमा उम्मेदवारी घोषण गरेका बागलुङ एमालेका अध्यक्ष हिराबहादुर केसीसँग ढोरपाटन राष्ट्रिय दैनिकले गरेको कुराकानीको सम्पादित अंश । (सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->