बागलुङ/ पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले बताए । बागलुङ र आसपासका जिल्लामा पनि भुकम्पको धक्का महसुस गरिएको थियो । अबिरल बर्षा भैरहेकाले सर्वसाधारणले भित्र भुकम्पको त्रास र बाहिर बाढी पहिरोको त्रास रहेको अभिब्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । थप विवरण आउन बाँकी छ ।





