बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलामा जीप खोलामा खस्यो, सात जना घाईते

ताराखोलामा जीप खोलामा खस्यो, सात जना घाईते


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८०, बिहिबार

बागलुङ/ पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् ।

धौलागिरी कालिका यातायात प्रा.लि.को ग१ज६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा सवार सबैको उद्धार गरेर उपचारका लागि पठाईएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरि नायब निरीक्षक राम नारायण चौधरीले जानकारी दिए ।

चालकले टायरमा ओट लगाउने ढुंगा खोज्दाखोज्दै जीप खोलामा खसेको उनले बताए । घाइते हुनेमा ताराखोला– ५ चरौदीकुनाका मिलन सापकोटा, सिपकी शिर कुमारी दर्जि, रबि परियार, मनिसा परियार, शुसिला परियार, ताराखोला–४ दलान्चौरकी कमला खत्री र ताराखोला–२ अर्गलका भिम बहादुर रोका रहेको वडा नं. ३ का अध्यक्ष कर्ण बहादुर भण्डारीले जानकारी दिए ।

घाइते भएका सबैको गल्कोट नगर अस्पतालमा उपचार भैरहेको र थप उपचार आबश्यक पर्ने बिरामिका लागि पोखरा रिफर गर्ने तयारि गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->