सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले गण्डकीको मतगणना सुरु

एमाले गण्डकीको मतगणना सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८०, बिहिबार

पोखरा / नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति संयोजक सुरेन्द्र थापाका अनुसार दुवै पक्षका अध्यक्षहरुबीच गणनाको सहमति भएपछि मत गणना थालिएको हो । अबको २ घण्टाभित्रमा नतिजा आउने थापाले बताए ।

अधिवेशनमा ८९६ मतदाताले मतदान गरेका छन् । पोखरा सभागृहमा भएको निर्वाचनमा १० जना मतदाता अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रिय सदस्य मायानाथ अधिकारीले प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->