पोखरा / नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्माको प्यानलै विजयी भएको छ । शर्मा ५३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा शर्मा प्यानलका मिन प्रसाद गुरुङले ५३४ मत गरी विजयी भए भने उनका प्रत्यासी वावुराम विकले ३६२ मत प्राप्त गरे ।
सचिवमा शर्मा प्यानलकै धनञ्जय दवाडी ५२० मत प्राप्त गरी विजयी भए । उनका प्रत्यसी रश्मी आचार्यले ३७६ मत प्राप्त गरे ।
महिला उपसचिवमा शर्मा प्यानलका मञ्जु अधिकारीले ५३१ मत प्राप्त गरी विजयी भइन । उनकी प्रत्यासी मिना गुरुङले ३६५ मत प्राप्त गरिन् ।
अर्का उपसचिवमा शर्मा प्यानलका दाम वहादुर विश्कर्माले ४९९ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्यासी सन्तोष रावलले ३९७ मत प्राप्त गरे ।
त्यसैगरी लेखा समितिको अध्यक्षमा शर्मा प्यालनका अमृत प्रसाद ज्ञवालीले ४५६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्यासी राम वहादुर जिसीले ४४० मत प्राप्त गरेका छन् ।
लेखा समितिको सचिवमा शर्मा प्यानलका विर वहादुर विश्वकर्मा ४२९ मत प्राप्त गरी विजयी भएका छन् भने प्रत्यासी वैकुण्ठ आचार्यले २४१ मत प्राप्त गरेका छन् ।
लेखा समितिको उपाध्यक्षमा अधिकारी प्यानलका उपाध्यक्ष शिवहरी पौडेल ४६७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्यासी गिरीधारी सापकोटाले ४२९ मत प्राप्त गरेका छन् ।
विभिन्न कलष्टरबाट प्रदेश कमिटी निर्वाचित अधिकांश सदस्यहरु शर्मा प्यानलका रहेका छन् ।





