सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एशियाली खेलकूदमा एरिकाले जितिन् रजत पदक

एशियाली खेलकूदमा एरिकाले जितिन् रजत पदक


  • ढोरपाटन संवाददाता
  • असोज २० २०८०, शनिबार
एरिका गुरुङ। फाइल तस्वीर

पोखरा / एशियाली खेलकूद प्रतियोगितामा नेपालले दोस्रो पदक जितेको छ। चीनको हाङजाउमा जारी प्रतियोगितामा करातेतर्फ १९ वर्षीया एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी छन्। उनले ६८ केजी समूहमा पदक जितेकी हुन्।

उनले स्वर्ण पदकका लागि काजखस्तानकी खेलाडी सोफ्या बेरुलत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन्। फाइनलमा काजखस्तानकी खेलाडीसँग ३-० अंकले पराजित भइन्।

यसअघि आजै भएको सेमिफाइनलमा उनले हङकङकी खेलाडी यन काई होलाई पराजित गरेकी थिइन्। उनलाई ८-४ अंकले पराजित गर्दै एरिका फाइनलमा पुगेकी थिइन्। त्यस्तै, क्वार्टरफाइनलमा जापानकी खेलाडीलाई पराजित गरेकी थिइन्।

एशियाली खेलकूदमा नेपालले जितेको यो दोस्रो पदक हो। यसअघि कबड्डीमा महिलाले टोलीले कास्य पदक जितेको थियो।

एशियाली खेलकूदमा अहिलेसम्म नेपालले जितेको यो तेस्रो रजक पदक हो। यसअघि तेक्वान्दो र प्याराग्लाइडिङमा नेपालले रजत पदक जितेको थियो।

सन् १९९८ मा थाइल्यान्डमा भएको १३औं एशियाली खेलकूदमा तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। त्यस्तै, सन् २०१८ मा इन्डोनेशियामा भएको १८औं एशियाली खेलकूदमा प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->