बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कृषि र पर्यटनका कार्यक्रम जोडेर आवधिक योजना

कृषि र पर्यटनका कार्यक्रम जोडेर आवधिक योजना


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८०, आइतबार

‘एउटा पर्यटकले एउटै खर्च र समयमा चार जिल्ला घुम्ने प्रकारको रुट र पर्यटकीय प्याकेजका गन्तव्य बनाउने हो’ नगरप्रमुख श्रेष्ठले भने, ‘मुस्ताङका जनप्रतिनिधिसँग छलफल भैसक्यो, पर्वत र म्याग्दीका जनप्रतिनिधिको छलफल राख्दैछौं ।’

बागलुङ/ नगरपालिकाभित्र कम्तिमा १० वटा गौरवका आयोजना संचालन गरेर आन्तरिक आय बढाउने र रोजगारी प्रवद्र्धन गर्ने लक्षसहित बागलुङ नगरपालिकाले आबधिक योजना बनाएको छ ।

५ बर्षका लागि बजेट सहितको कार्यक्रम र २० बर्ष सम्मका दिर्घकालिन योजना समावेश गरेर योजना बनाइएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । नगरका धार्मिक तथा पर्यटकीय गन्तव्य जोड्ने करिडोर निर्माण गर्ने योजनामा उल्लेख छ । पर्यटन प्रवद्र्धन हुँदा स्वतह रोजगारीका अबसर सिर्जना हुने योजना बनाइएको हो ।

शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउने, शतप्रतिशत संस्थागत सुत्केरी हुने, प्रत्येक वडामा आधारभूत सेवा सहितका स्वास्थ्य संस्था, ५० बेडको नगर अस्पताल र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकास गर्ने योजना छ ।

ग्रामीण क्षेत्रबाट बसाइसराइ रोक्न पक्की नगर चक्रपथ निर्माण गरिनेछ । यस अघिको चक्रपथले सबै वडा समावेश नगरेकोले बाहिरी चक्रपथको योजना अगाडि आएको हो । छिमेकी पर्वत, म्याग्दी र मुस्ताङलाई समेत समेट्ने पर्यटन मार्गसमेत बनाउने लक्ष राखिएको हो ।

‘एउटा पर्यटकले एउटै खर्च र समयमा चार जिल्ला घुम्ने प्रकारको रुट र पर्यटकीय प्याकेजका गन्तव्य बनाउने हो’ नगरप्रमुख श्रेष्ठले भने, ‘मुस्ताङका जनप्रतिनिधिसँग छलफल भैसक्यो, पर्वत र म्याग्दीका जनप्रतिनिधिको छलफल राख्दैछौं ।’ पर्यटन रुट निर्धारण गरेर प्याकेजमा लैजान सकेमा कृषि तथा गैरकृषि क्षेत्रको रोजगारी पनि बढ्ने नगरप्रमुख श्रेष्ठले बताए । होटल व्यवसाय, जिप तथा ट्याक्सी र कृषिको व्यवसायिककीकरणमा रोजगारी बढाउन सकिने उनको तर्क छ ।

योजनाले बीस बर्ष सम्मको दिर्घकालिन योजना अगाडि सारेको छ । त्यसमा कालीगण्डकी करिडोरले चीन र भारतको व्यवसाय गर्दा यहाँको बलेवा क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण गर्ने योजना छ । त्यसका लागि अहिलेदेखिनै सडकका मापदण्ड निर्धारण, जग्गा व्यवस्थापन र यहाँको बलेवा बिमानस्थल संचालनका महत्वकांक्षी योजना छन् । करिडोरलाई आधार बनाएर ग्रामीण बस्तीमा आबासिय क्षेत्र बनाउन स्तरीय शाखा सडक निर्माण, पदमार्ग तथा धार्मिक र ऐतिहासिक क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्ने आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए ।

बागलुङ कालीका, शालीग्राम संग्राहलय, पञ्चकोट, कुवेरधाम, मालिकाहुँदै संसारकोटको धार्मिक पदमार्ग तथा सडक मार्ग बनाइने योजनामा उल्लेख छ । त्यस्तै प्रसिद्ध भैरवस्थान, भकुण्डे, सिगाना, बौद्ध गुम्बाहुँदै चापाखर्क जोड्ने अर्को पहाडी मार्ग बनाइने छ । हिमाली श्रृंखला हेर्दै पदयात्रा गर्ने यो मार्ग उपयोगी हुनेछ । यसअघि यो खण्डमा अमेरिकाका भेगन समूहले भ्रमण गरेका छन् । पहाडी टे«कीङ तथा पर्यटकीय दृष्टीले यो क्षेत्र उपयोगी भएको वडा नं. ८ का अध्यक्ष छमबहादुर कार्कीले बताए ।

आबधिक योजनामा एकीकृत तथा आबासिय विद्यालय बनाउने र गुणस्तर विकास गरी शैक्षिक गन्तव्य बनाउने लक्ष छ । ४४ प्रतिशत मात्रै रहेको खाद्य सुरक्षा बढाएर ६० प्रतिशत पु¥याउने, तरकारी, मासु र अण्डामा आत्मनिर्भर नगर बनाउने तथा ढुंगा जन्य बस्तुहरुको निकासी गर्न सक्ने बनाउने योजना छ । त्यसका लागि बस्तुपरक योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।

योजना सम्पन्न गर्न नगर तथा संघिय सरकारको अनुदानमा आउने नियमित बजेट झण्डै १४ अर्ब खर्च हुनेछ । त्यसबाहेक केही पूर्वाधार र योजनामा निजीक्षेत्रको साझेदारी खोजिनेछ । गैर आबासिय नेपाली तथा ठूला व्यवसायीलाई लगानीमैत्री वातावरण बनाइदिने, सडक, खानेपानी र बिद्युतीकरण गरेर उद्योग तथा व्यवसाय संचालनमा साथ दिने योजनासहित ‘मेरो बागलुङ, समृद्द र सुखी बागलुङ’ नारा समेत तय गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->