बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘कहिले बन्छ कुश्मीशेरा–फलेवास जोड्ने पक्की पुल ?’

‘कहिले बन्छ कुश्मीशेरा–फलेवास जोड्ने पक्की पुल ?’


  • तारानाथ आचार्य
  • असोज २१ २०८०, आइतबार

काम थालेको पाँच बर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेको पुलको पछिल्लो आर्थिक बर्षमा भएको काम समेत गरेर ८० प्रतिशत भौतिक प्रगति छ ।

बागलुङ/ पैदल यात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालिगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सरर जानेआउने हुन्थ्यो र त सोधिराख्छन् होला । घाट पुगेका मलामीले हरेक बर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ? कहिले बन्छ होला है ?’

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको जैमिनीघाटमा बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको छेवैमा व्यवसाय गरेर बसेका हरि केसीले सुन्दै आएका प्रश्न हुन् यी प्रश्न । खर्बामा उर्लिने हिउँदमा निरन्तर बगिरहने कालिगण्डकीमा पक्कि पुल बन्न थालेको सात बर्ष बित्यो । कहिले फलामका रड मात्रै ठडिएका देखिन्छन्, कहिले पिल्लर बनिसेका देखिन्छन् । तर अहिले पुलले सानोतिनो आकार लिईसकेको बताउँछ । तर पुल बनिहाल्छ जस्तो सर्वसाधारण्लाई अझै लागेको छैन् ।

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्नेगरी कालीगण्डकी नदीमाथी निर्माणाधिन पक्कि पुलको काम चलिरहेको छ । निर्माण थालेको सात बर्ष बितिसक्दा पुलले सामान्य आकार लिएको छ । ‘पुल बिभिन्न कारणले लामो समय बन्न सकेन्, अघिल्लो बर्ष धेरै काम भएको छ, अब १५ प्रतिशत काम मात्रै बाँकी छ’ सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पोखरेलले भने ‘कठिन काम सकियो, निर्माण कम्पनीको म्याद पनि सकिएको छ, म्याद र बजेट थप भए अबको एक बर्षमा पुल पुरा हुन्छ ।’ पाँच बर्षसम्म अलपत्र रहेको पुलको कामले अघिल्लो बर्ष गति लिएको थियो । अघिल्लो बर्षमा मात्रै ४५ प्रतिशत काम भएको थियो । त्योभन्दा अघि ३५ प्रतिशत काम भएको थियो ।

‘पुलका पिल्लर बनिसकेका छन्, ढलान स्लापको काम बाँकी हो, पुलको आसपासका एप्रोज रोड र पुल जोगाउन तारजालीको लागि भिओ गर्नुपर्ने छ’ पोखरेलले भने ‘कुल बजेटको १५ प्रतिशत भित्रै हुनेगरी भिओ भएको छ, भिओ भएको बजेट स्वीकृत हुँदा आगामी असारसम्म पुल तयार हुन्छ ।’ बजेट अभव नभए पुल समयमा सकिने पोखरेल बताउँछन् ।

जैमिनी–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देविस्थान जोड्नेगरी २०७३ साल असोज ९ गतेदेखि पुल निर्माण थालिएको थियो । प्राबिधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम रोकिएको थियो । रसुवा÷श्री गिता÷फेवा जेभीले सडक डिभिजन कानर्यालयसँग पुल निर्माणको सम्झौता गरेर सात वर्षअघि काम थालेका थिए । काम थालेको पाँच बर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेको पुलको पछिल्लो आर्थिक बर्षमा भएको काम समेत गरेर ८० प्रतिशत भौतिक प्रगति छ ।

बागलुङ र पर्वत दुबैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छभने कालीगण्डकी नदिको बीचमा दुईवटा पिल्लर तयार भएका छन् । पाँचौ पटक म्याद थपका लागि निवेदन दर्ता गराएको निर्माण कम्पनीले जनाएको छ । ‘कामको रफ्तार हेर्दा म्याद नथप्नुपर्ने कुनै कारण छैन्’ पोखरेल भन्छन् ‘भिओ स्वीकृत हुने नहुने मुख्य प्रश्न हो ।’

१३ करोड १२ लाख ४९ हजार ३६४ रुपैयाँमा लागतमा तीस महिनामा सक्नेगरी पुल निर्माणको सम्झौता भएको थियो । बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जाहुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक छ । समयमा पुल नबन्दा तीन बर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङबासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउँछन् ।

गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जाहुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिकाहुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्कि पुल हो यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भैरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नुपर्दैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->