सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खुल्ला सेभेन ए साइड ः क्वाटरफाइनलका खेल सम्पन्न

खुल्ला सेभेन ए साइड ः क्वाटरफाइनलका खेल सम्पन्न


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०८०, सोमबार

पोखरा/ पोखरा १३ माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइटड फुटबलमा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिताको सोमबार अन्तिम चार टिमको टुंगो लागेको हो ।

क्वाटरफाइनलको पहिलो खेलमा बि–१३ ले कमलपोखरीलाई २–१ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । बि–१३ को जितमा नकुल तामाङ र विनय तामाङले समान १÷१ गोल गरे भने, कमलपोखरीका लागि विनम गुरुङले एक गोल गरे ।

उक्त खेलको म्यान अफ दि म्याच बि–१३ का नकुल तामाङ घोषित भए । दोस्रो खेलमा लामागाउँले भुजुङ एफसीमाथि ५–० सानदार जित हासिल गर्दै अन्तिम चारको यात्रा तय गरेको छ । पहिलो हाफमा ३ गोलको अग्रता लिएको लामागाउँले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । लामागाउँका लागि अनुज भण्डारीले ह्याट्रिक गरे ।

उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । यस्तै मीन गुरुङ र मनिष क्षेत्रीले समान १÷१ गोल गरे । तेस्रो खेलमा रामघाट एफसीले नदीपुर एफसीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

रामघाटको जितमा दिपेश आले नायक बने । उनले टोलिका लागि दुवै गोल गरे । आले खेलको म्यान अफ द म्याच घोषित भए । क्वाटरफाइनलको अन्तिम खेलमा गन्नी एफसीले त्रिशक्ति युनाइटेडलाई १–० झिनो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको छ ।

अनिस तामाङले गोल गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफि दी म्याच समेत घोषित भए । प्रतियोगिताको सेमिफाइन र फाइनल खेल भोलि हुनेछन् । फाइनल प्रवेशका लागि बि–१३ र लामागाउँ भिड्ने छन् भने, रामघाट र गन्नी एफसी भिड्ने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->