बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बेलायत बस्ने बालिकाद्वारा बिद्यालयमा सहयोग

बेलायत बस्ने बालिकाद्वारा बिद्यालयमा सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८०, मंगलबार

बागलुङ/ बेलायतमा बस्ने बागलुङकी एक १३ बर्षिय बालिकाले संकलन गरेको सहयोगबाट बिद्यालयका बिद्यार्थीलाई सामाग्री बितरण गरिएको छ ।

बागलुङ नगरपालिका वडा नं. १२ घर भइ बेलायतको लण्डनस्थित रिभर एकेडेमीमा अध्ययन गर्ने छात्रा टिया आचार्यको नेतृत्वमा संकलित रकमबाट ती सामाग्री बितरण गरिएको हो । आचार्यले संकलन गरेको रकमबाट अमलाचौरको जगन्नाथ प्राबिमा पढ्ने २५ जना बालबालिकालाई ज्याकेट, ट्रयाक सुट, जुत्ता, झोला तथा स्टेशनरी सामान सहयोग दिइएको हो ।

आइतबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए । टियाका बाबु चिरन शर्माले एक बर्षअघि छोरी नेपाल आउँदा देखेको बिद्यालयलाई सहयोग गर्न चाहेपछि यो बर्ष सहयोग लिएर आएको बताए ।

कार्यक्रममा सुवेदीले अबका दिनमा सामुदायिक बिद्यालय बचाउन बिद्यार्थी टिकाउन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकेमा मात्र भोलीका दिनमा बिद्यालय रहने भन्दै नत्र ग्रामीण तहका साना बिद्यालयहरुको अस्तित्व जोगाउन मुस्किल पर्ने बताए ।

सांसद पाठकले बालबालिका पढाउने नाउँमा सहर पस्ने र बिदेश जानेबाट गाउँघरका बिद्यालय सुनसान भएको भन्दै बेलैमा बचाउने अभियानमा अभिभावक लाग्नुपर्ने सुझाव दिए । उनले बिद्यालयमा गुणस्तर पनि बढाउनुपर्ने भन्दै राज्यले शिक्षा क्षेत्रलाई प्राथमकिता दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्द थपलिया, वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, चिरन शर्माको संचालन प्रधानाध्यापक बुद्धि चापागाईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->