बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँका पसलमा खाद्यान्न पसलबाट पेट्रोल बिक्री !

गाउँका पसलमा खाद्यान्न पसलबाट पेट्रोल बिक्री !


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०८०, मंगलबार

बागलुङ/केही महिनाअघि जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च र बरेङ गाउँपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरे । बरेङडाँडा बजारको एक पसलमा पुग्दा अनुगमन टोलीनै छक्क पर्यो । खुल्ला पसलमा प्लाष्टिकका बोतलमा भरेर राखेको अवस्थामा पेट्रोलियम पदार्थ फेला पर्यो । अनुगमन टोलिले त्यो पेट्रोल नियन्त्रणमा लियो ।

काठेखोला गाउँपालिकाले गरेको चाडबार्ड लक्षित अनुगमनको क्रममा गाउँपालिका भित्रका केही खाद्यान्न र पुस्तक पसलबाट पेट्रोलियम पदार्थको विक्री वितरण हुने गरेको भेटिएको थियो । गाउँपालिका–५ का खाद्यान्न पसल र पुस्तक पसलमा बोतल र ड्रममा पेट्रोलियम पदार्थ राखेर बिक्री वितरण गरेको भेटिएको गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा (तिलक)ले बताए । जिल्लाको गलकोट नगरपालिकाको मुकाम हटिया बजार, बडिगाड गाउँपालिकाको खर्वाङ बजार, जैमिनी नगरपालिकाको कुश्मीशेरा बजार लगायतका स–साना बजारहरुमा पेट्रोलियम पदार्थ खुल्ला बिक्री हुने गरेको छ ।

गाउँका स–साना बजारका लागि खुल्ला पसलबाट पेट्रोलको कारोवार गर्नु बाध्यता हो तर सुरक्षा र कानूनी दुवै हिसाबले खुल्ला रुपमा पेट्रोलियम पदार्थको कारोवार जोखिमपूर्ण हुन्छ ।
‘समस्या अनेक छ, तर खुल्ला रुपमा पेट्रोल, डिजेल बिक्री हुनु कानूनी र सुरक्षा जोखिमका हिसाबले अत्यान्तै जोखिमपूर्ण हो’ सयहाक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने ‘गहिरो गरि सचेतनाको आवश्यकता देखियो ।’

बागलुङमा सदरमुकाम बाहिर पेट्रोलियम पदार्थको कारोवार गर्ने पम्प बुर्तिबाङ बजारमा एउटा मात्रै छ । जिल्लाभरीका लागि सदरमुकाममा रहेका पम्पबाट मात्रै कारोवार पर्याप्त हुँदैन् । आकस्मिक रुपमा आवश्यक हुने पेट्रोलिमय पदार्थको आपूर्तीका लागि स–साना व्यवसायीले बागलुङ बजार र पोखराका पम्पहरुमाबाट पेट्रोलियम पदार्थ ल्याउने गरेको अनुगमन टोलीको निश्कर्ष छ ।

पेट्रोलियम पदार्थ बिक्री वितरणको लागि नेपाल आयल नियगमबाट स्विकृत प्राप्त गरेर पेट्रोल पम्प संचालन गर्नुपर्ने हुन्छ तर बागलुङका गाउँ–गाउँमा खुल्ला रुपमा बोतल र ड्रममा पेट्रोलियम पदार्थ राखेर बिक्री वितरण गरिँदै आएको छ । नेपाल सरकारले बोतलमा पेट्रोलियम पदार्थको बिक्रीवितरणमा रोक लगाएपनि त्यसको कार्यान्वयन नभएको अनुगमनको क्रममा भेटिएको हो ।

‘बजार अनुगमनका क्रममा पेट्रोल खुल्ला बेचेको पाईयो, सचेत गराएका छौं’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले भने ‘अटेरी गरे कानून अनुसारको कारवाही हुन्छ ।’ स्थानीय व्यवसायीले भने खुल्ला पेट्रोलियम पदार्थको कारोवार इच्छाभन्दा धेरै बाध्यता भएको बताउने गरेका छन् । गाउँका कुनाकन्दरासम्म सडक पुग्ने तर सवारीका लागि आवश्यक पेट्रोलियम पदार्थको आपूर्ती गर्ने संयन्त्र सर्वसुलभ नहुँदा बाध्यताले कारोवार गर्नु परेको एक व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->