बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थाप वडा कार्यालयका कर्मचारी माथी हातपात भएको छ । निवर्तमान वडा अध्यक्ष बिरेन्द्र थापाले वडा कार्यालयका कर्मचारी रबिन्द्र शर्मामाथी हातपात गरेका हुन् । वडाको भ्रमणका बिषयलाई लिएर भएको बिबादमा थापाले आँफुमाथी हातपात गरेको शर्माको आरोप छ । शर्मामाथी हातपात भएको भन्दै वडा कार्यालयले सार्वजनिक बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । जैमिनी नगरपालिका र जिल्ला प्रशासनलाई समेत पत्राचार गर्दै वडा कार्यालयले हातपात गर्ने थापालाई कारवाहीको माग समेत गरेको छ । कार्यालयको काम सकेर छिमेकमा पुगेका कर्मचारीमाथी हातपात गर्नु गलत भएको वडा अध्यक्ष इन्द्र थापाले बताए ।
हातपातको आरोप लागेका थापाले भने आँफुले कसैलाई हातपात नगरेको दावी गरेका छन् । समान्य बिषयमा बसेर कुरा गरौं भन्दा शर्माले हातपातको आरोप लगाएको थापाले बताए । “म गेम हेरेर बसिरहेको थिएँ, उहाँ साथीहरुसँग कुरा गर्दै हुनुहुन्थ्यो, चर्काचर्की गर्न थालेपछि बसेर कुरा गरौं भनेको हुँ, त्यही बिषय हातपात भनेर आयो” थापाले भने “म चुनाव हारेको भएपनि राजनीतिक र जिम्मेबार मान्छे हो, वडाले समेत झुटलाई सावित गर्न खोजेको छ, यो बिषयमा गम्भिर छलफल हुन्छ ।”





