बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री

गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८०, शनिबार

पोखरा / गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री चयन भएकी छन् । पोखरामा भएको समाजको १०औं साधारणसभा तथा पाँचौ अधिवेशनले खत्रीलाई अध्यक्षमा चयन गरेको हो ।

समाजको बरिष्ठ उपाध्यक्षमा तुलचन्द्र खिम थापा, उपाध्यक्षमा धनबहादुर परियार र हरिबहादुर भन्डारी, महासचिवमा( गणेश बहादुर खत्री, सचिवमा वविन नेपाल, सहसचिवमा कृष्ण खत्री, कोषाध्यक्षमा मिना मगर कुंवर र सहकोषाध्यक्षमा भेष बहादुर खत्री चयन भएका छन् ।

समाजको सदस्यहरुमा डिलबहादुर खडका, प्रेमबहादुर थापा, भिमकुमारी काउचा, डम्मरबहादुर बोहोरा, शोभा खडका, रामबहादुर कार्की र मिना खत्री चयन भएको निर्वाचन संयोजक वेलुकाजी थापाले वताए ।

सेवा, सदभाव, सहयोगमा हातेमालो गर्दै अगाडि बढेको गलकोटेहरुको यो समाज संसारभर २ दर्जन बढी कृयाशिल छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->