बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा वरिष्ठ सईको हत्या आरोपमा थप एकजना पक्राउ

बागलुङमा वरिष्ठ सईको हत्या आरोपमा थप एकजना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०८०, शनिबार

बागलुङ/ गत साउन ४ गते वरिष्ठ सई उज्वल पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । वरिष्ठ सई पौडेलको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय विशाल सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

अनुसन्धानको क्रममा सुनार पनि संलग्न भएको खुलेकाले उनलाई पक्राउ गरिएको बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । पक्राउ परेका सुनारलाई ५ दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रनाउ केसी बताए । बडिगाड गाउँपालिका वडा नं ६ रहेको प्रहरी चौकी इन्चार्ज रहेका बरिस्ठ सई पौडेलको गत साउन ४ गते हत्या भएको थियो । ड्युटीबाट फर्केर खाजा खान गएका वरिष्ठ सई पौडेलको उक्त दिन राति १० बजे हत्या भएको हो ।

हत्या आरोपमा आशा खाजा घरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोद साउन ५ गते नै पक्राउ परेका थिए । उनीहरु अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->