बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मालढुंगामा यातायातका साधनको छड्के

मालढुंगामा यातायातका साधनको छड्के


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८०, मंगलबार

बागलुङ/ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र यातायात व्यवस्था कार्यालय बागलुङको संयुक्त टोलीले सोमबार जिल्लाको प्रवेशद्वार मालढुंगामा छड्के चेकजाँच गरेको छ ।
दुइ घण्टाको समयमा झण्डै २ सय बढी सवारीको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । चाडपर्व लक्षित अनुगमनलाई अझै व्यवस्थित बनाउने लक्ष्यले छड्के गरिएको हो ।

सवारी साधनमा चर्को भाडा लिने प्रवृति अन्त्य गर्ने, अबैध कारोवारहरु नियन्त्रण गर्ने र बालबालिका तथा महिलालाई सार्वजनिक सवारीमा गरिने दुव्र्यवहार रोक्ने जस्ता कार्यकालागि यो अनुगमन गरिएको उनले जानकारी दिए ।

‘यात्रुबाहक गाडीमा लागुऔषधको ओसारपसारसमेत हुन सक्छ,’ उनले भने, ‘त्यसका लागि पनि सचेत बनाउने र भएको खानतलासी गर्ने क्रमका लागि छड्के परीक्षण उपयोगी छ ।’ केही समय दैनिक र त्यसपछि समय–समय पारेर सवारी साधनको चेकजाँच गर्ने उनले बताए ।

उक्त अबसरमा ट्राफिक प्रहरीले मापसे जाँच गरेको थियो । छड्केका लागि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रहरी नायव उपरिक्षक मदन केसी, यातायात व्यवस्था कार्यालयका प्रमुख प्रभाकर घिमिरेलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->