बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शुभकामना सहकारीको कारोवार सवा १५ करोड

शुभकामना सहकारीको कारोवार सवा १५ करोड


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८०, बुधबार

पोखरा / पोखरा महानगरपालिका-८ सिर्जनाचोकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गएको आर्थिक वर्ष १५ करोड १६ लाख ८५ हजार ६६६ रुपैयाँ कारोबार गरेको सार्वजानिक समेत गरेको छ । गत वर्ष संस्थाले १७ करोड ५५ लाख ८० हजार ४२५ रुपैयाँ कारोबार गरेको थियो ।

संस्थाले आ.व २०७९/०८० मा १० करोड ९० लाख ९७ हजार ४०३ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै संस्थामा भाखा नाघेका ऋण ५० लाख ९६ हजार ८७८ रपैयाँ रहेका छन् । साधारण सभाको उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ प्रबन्धक भोजराज घिमिरेले सहकारीलाई कस्तो बनाउने भन्ने कुरा शेयर सदस्यमै भरपर्ने बताए ।

संस्थाले कक्षा १२ पास गरेका सेयर सदस्यहरुका छोरा÷छोरी मध्ये शिशिर शर्मा, शोभना कार्की र स्थातकतर्फ पद्मा गर्वुजा र प्रतिश सापकोटालाई सम्मान गरेको छ । त्यस्तै असल बचतकर्ता सम्मानबाट चेतनारायण सापकोटा, उत्कृष्ट कारोवारी सम्मान गुन बहादुर पुन, दैनिक बचत कारोबार सम्मान योगमाया भुषाल र जेष्ठ शेयर सदस्य सम्मानबाट कलावती आचार्य, बम्बी खत्री, पूर्णबहादुर पुन र गणेश गिरी सम्मानित भएका छन् ।

संस्थाका उपाध्यक्ष रामचन्द्र आचार्यले कोभिड–१९ पछि सहकारीहरुमा देखिएको आर्थिक अपचलन, नेतृत्वको गलत प्रवृत्ति र आर्थिक मन्दीले बचतकर्तामा सहकारीप्रति अन्योलता सिर्जना भएको सुनाउँदै त्यो अवस्थामा समयमै सचेत बनेर संस्थाको वित्तिय छविमा आँच आउन नदिन अथक प्रयास गरेको जानकारी गराए ।

अध्यक्ष प्रेमशंकर बरुवालले केही सहकारीहरुका कारण अहिलेको अवस्थामा अन्य सहकारीलाई प्रभाव पारे पनि यो सहकारी सुरक्षित रहेको सुनाए । शेयर सदस्य बेलकुमारी चापागाईँ पराजुलीले यो सहकारी बलियो र मजबुत रहेको सुनाइन् ।

शेयर सदस्य जनकराज पराजुलीले सहकारीलाई उत्कृष्ट बनाउने जिम्मा शेयर सदस्यको रहेको र सहकारीका हरेक गतिविधिको निगरानी गर्ने काम सदस्यकै भएको बताए । कार्यक्रममा सल्लाहकार नरबहादुर कार्की, रमेश पौडेल लगायतले आफ्नो भनाई राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव ठाकुरप्रसाद सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->