पोखरा/ पोखराको फेवातालमा डुंगा चलाउने चालकहरूको बुधबार मादक पदार्थ सेवन (मापसे) जाँच गरिएको छ । नेपालीहरुको महान पर्व वडादशैं लागे सँगै फेवातालमा आउने पर्यटकको सुरक्षाका लागि प्रहरीले डुंगा चालकको मापसे जाँच गरेको हो । फेवातालमा वर्षेनी डुंगा दुर्घटना हुने गरेको र चाडपर्वको बेला मापसे गर्ने बढी भएकाले यात्रु तथा चालकको सुरक्षाका लागि मापसे जाँच गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । उनका अनुसार चाडपर्व विशेष सुरक्षा योजनाअन्तरगत नै चेकजाचलाई तीव्रता दिइएको छ । डुंगा चालकको मापसे मात्र नभई डुंगा चलाउँदा चालकले लाइफ ज्याकेट लगाए÷ नलगाएको समेत अनुगमन गरेको उनले सुनाए ।
‘हामीले डुंगा ा चालकको मापसे मात्र होइन लाइफ ज्याकेट लगाएको वा नलगाएको पनि जाच गरेका हौं । हामीले पर्यटकको सुरक्षाका लागि अहिले परिक्षण गरेका हौं’, उनले भने । विकले लाइफ ज्याकेट नलगाई डुंगा चलाउने तीन जना चालकलाई पहिलो चरणमा सम्झाएर छाडेको बताए । यस्तै कास्की प्रहरीले जिल्लाको नाकाहरुमा कुकुरसहितको चेकजाँचलाई समेत तिब्र बनाएको छ ।
पोखरामा भदौ २९ गते पृथ्वीचोकमा सवारी चेकजाच गर्दा पोखराबाट भैरहवाका लागि छुट्न लागेको प्रदेश १–०१–००१–ख ३४३९ बसमा डाइभर बस्ने सिट अघि लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध एम्पेटामाइन आइस ३७.५० ग्राम बरामद गरेको छ ।
प्रहरीले सो बसका चालक गोर्खाका घर भइ रामबजार बस्ने ३५ वर्षीय हिराबहादुर नेपाली र सहचालकहरु स्याङ्जा ३८ वर्षका विशाल कार्की, स्याङजाकै ४८ वर्षीय टीकाराम पौडेल र म्याग्दी घर भई पोखरा ९ बस्दै आएका ३७ वर्षीय दीपक परियारलाई पक्राउ गरेको थियो ।





