बागलुङ/ पठन संस्कृतिको विकास गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेहरुको जमात बलियो बनेको भन्दै बक्ताहरुले किताव पढ्ने बानीको, गहिरो अध्ययन गर्ने बानी हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
दशैं, तिहार, छट तथा नेपाल संवतको अवसरमा विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले बिदा र पर्वहरुको समयमा पढाईलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नेपाली संकृतिको संरक्षणमा जोड दिए । पर्वहरुलाई बिकृत नबनाउन उनले आग्रह गरे ।
कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारी, संरक्षक सदस्य प्रेम छोटा, हरिहर श्रेष्ठ, संस्थाका सल्लाहकार तथा ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम, सल्लाहकार देव वहादुर श्रेष्ठ, पूर्वअध्यक्षहरु महेशचन्द्र प्रधान, इश्वर मलेपती, विकास शाक्य, उत्तम श्रेष्ठ, मुकेशचन्द्र राजभण्डारी, राजेशचन्द्र राजभण्डारी, राम प्रसाद शर्मा, कार्य समितिका कोषाध्यक्ष कोपिला कँडेलले शुभकामना मन्तब्य राखेका थिए ।
त्यस्तै, सदस्य धनमाया शर्मा, काजिगाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव तारानाथ आचार्य, विद्यामन्दिर माविका प्रधानाध्यापक छविरमण रेग्मी, धौलागिरी वहुमुखी क्याम्पसका उपप्राध्यापक हरि प्रसाद पाँण्डे, बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष गणेश महतो, रामरेखा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा आचार्य, सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार सञ्जन कुमार सिंह, प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षतातामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र शर्माले स्वागत र सचिव राजन प्रसाद शर्माले सञ्चालन गरेका थिए ।





