बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेवलिङ नगरी प्याकेजिङ गरिएको पाँच सय किलो मिठाईं जफत

लेवलिङ नगरी प्याकेजिङ गरिएको पाँच सय किलो मिठाईं जफत


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८०, शुक्रबार

बागलुङ/ कालिका भगवती मन्दिर परिसरमा लेवलिङ गरेर उपभोग्य मिति नराखि प्याकेजिङ गरिएका मिठाइ अनुगमन टोलिले जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समितिका संयोजक चित्राङगत बरालको नेतृत्वको अनुगमन टोलिले अनुगमन गर्दा उपभोग्य मिति नभएको करिव पाँच सय केजी मिठाइ जफत गरेको हो। शिवम मिश्री पापडी मिठाई उद्योग बेलहिया, रुपन्देहीले उत्पादन गरेको मिठाई बागलुङ आउने गरेको छ । उक्त मिठाई खालि कागजमा पोको पारिएको अबस्थामा भेटिएको थियो ।

चाडपर्व लक्षित बजार अनुगमन गर्ने क्रममा शुक्रबार मन्दिरमा रहेको सटर तथा खुल्ला स्थानमा विक्री भएका सेतो फुला मिठाई लगाएका सम्पूण मिठाई बरामत गरिएको छ । बागलुङ भित्राउदा बोरामा प्याक गरी ल्याउने गरेको र उत्पादन,मूल्य र उपभोग्य मिति उल्लेख नभएको पाएपछि नियन्त्रणमा लिइएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।

आम नागरिकको स्वास्थ्यमा खेलवाड गरी मिठाई उत्पादन गर्ने कम्पनीलाई कारवाहीको दायरामा ल्याउने बरालले बताए। मन्दिर परिसरमा विक्री भएका मिष्ठान्न वस्तु कहिले, केबाट बनेको भन्ने समेत नखुलेको तथा अखाद्य भएको पाईको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठले बताए ।

प्रसादको रुपमा प्रयोग गरिने सेतो फुला मिठाई, मुरव्वा लगाएतका मिठाइ स्रोत नखुले उत्पादन र उपभोग्य मिति नखुलाइएको पाइएकोले अनुसन्धान गर्ने र खाद्य र अखाद्य वस्तुको ल्याव परीक्षण गरी कानुन बमोजिम कारवाही गरिने बताए ।

त्यस्तै मन्दिर परिसरमा खुल्ला रुपमा विक्री भएका भुजिया लगाएतका मिठाई विक्री गर्दै आएका व्यवसायीको मिठाई जफत गरिएको र प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै मन्दिर परिषरमा खुल्ला माडा तथा विभिन्न अचारहरु विक्री गरिएको एक पसलमा समेत शिल गरिएको छ ।

धर्मको नाममा उपाभोक्ताको स्वास्थ्य खेलवाड गर्न कसैलाई पनि छुट नहुने राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए। यता मन्दिर परिसरका व्यवसायीले आफूहरुले बर्सौदेखि बेच्दै आएको सेतो फुला मिठाई अहिले मुख्य सिजनमा आएर नियन्त्रण गर्दा आफूहरु मर्कामा परेको बताए ।

नेपालका अन्य मठ मन्दिरहरुमा समेत विक्री भैरहेको मिठाई यहाँ नियन्त्रण गर्दा आफूहरुलाई समस्या परेको बताए । उत्पादन गर्ने उद्योग तथा यहाँसम्म ल्याउने व्यवसायीलाई कारवाही गरी आफूहरुको सामानको मूल्य पाउनुपर्ने माग व्यवसायीको रहेको छ ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपिठको रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन वडा दशैँ र चैत्र दशैँ ठूलो मेला लाग्ने गर्दछ । मन्दिरमा वार्षिक १५ लाख भक्तजनले मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->