बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटको कृषि उत्पादनमा अनुदान कार्यक्रम

गलकोटको कृषि उत्पादनमा अनुदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८०, शनिबार

बागलुङ/ गलकोट नगरपालिकाले किसानको फलफूल तथा तरकारीमा उत्पादनमा आधारित कृषि अनुदान दिने योजना अगाडि सारेको छ । ३ सय किलोग्रामभन्दा बढी उत्पादन गर्नेलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान दिने कार्यक्रम अगाडि ल्याएको गलकोट नगरपालिका वडा नं. २ का अध्यक्ष तथा सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

किसानको उत्पादनलाई बजारी करणमा सघाउन नगरपालिकाले गलकोटकै गौमुखी कृषि सहकारी संस्थाको सहकार्यमा ११ वटा स्टल बनाएर बिक्रीका लागि कृषि हाटबजार समेत संचालनमा ल्याइएको छ । हाटबजारमा किसानले आफ्नो उत्पादन बेञ्न पाउने छन् । त्यसरी बिक्री गर्दा वार्षिक ३ सय केजीसम्मको तरकारी बिक्री गर्न सकेका किसानलाई प्रतिकेजी ३ रुपैयाँ अनुदान दिंदा किसानहरु उत्पादनमा उत्साहित हुने सहकारी संस्थाकी अध्यक्ष शिवकला खत्रीले बताइन् ।

नगरपालिकाले किसानको उत्पादन बिक्री गर्ने स्टलसमेत उपलब्ध गराउने छ । गलकोट नगरपालिका वडा नं. ३ को हटिया बजारमा उक्त बिक्रीकेन्द्र स्थापना छ ।

गलकोट नगरपालिकाले १० लाख लगानीमा व्यवसायिक स्टल निर्माण गरेको हो । गलकोटमा पछिल्लो समय व्यवसायिक कृषिमा लाग्नेहरु बढेका छन् । उनीहरुले बजार व्यवस्थापनको माग गर्दै आएका थिए । किसानको मागअनुसार हाट बजार बनाएर बिक्रीको अबसर बनेको नगरपालिकाका उपप्रमुख फमलाल निउरेले बताए । यो अबसरले गलकोटमा कृषि उत्पादन बढाउन योगदान हुने उनले बताए ।

त्यसबाहेक फलफूल, पशुपालन लगायतका अन्य उत्पादनमा पनि नगरपालिकाले अनुदान दिने व्यवस्था गर्ने प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले बताए । ४ सयसम्म बाख्रापालन गरेका पशुपालन फर्म, दैनिक तीनदेखि चारसय केजीसम्म तरकारी बेच्ने प्लाष्टिकका टनेल र हाइटेक यहाँ स्थापना भएका छन् । गलकोट नगरसँगै छिमेकी गुल्मीसम्म पनि उत्पादन बिक्री हुने गरेका छन् ।
नगरपालिका र गौमुखी कृषि सहकारीले संचालन गरेको गौमुखी हाटबजार आइतबार गण्डकी प्रदेशका कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका छन् । उनले प्रदेश सरकारले पनि उत्पादनमा आधारिक कृषि अनुदान नीति ल्याएर काम गर्ने किसानको प्रोत्साहन गर्ने बताए ।

नगरपालिका र सहकारीको यो अभियानलाई गण्डकी प्रदेशका सांसद जितबहादुर शेरचन, द्रोण कुँवर, दिलमाया पौवी, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवाल, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापा लगायतले शुभकामना दिंदै अन्य पालिकाको पनि सहकार्य गरेर अगाडि बढेमा व्यवस्थित बनाउन सकिने बताए ।

गलकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष फमबहादुर खत्रीले हटिया बजारमै बिक्रीकेन्द्र बनाउन जग्गा व्यवस्थापनमा पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->