पोखरा / नेपालले हङकङलाई त्रिकोणात्मक टि–२० आई सिरिजमा हराउँदा साझेदारीमा विश्वकीर्तिमानी कायम गरेको छ । मुलपानी क्रिकेट मैदानमा पाँचौ विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी बनाउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
टि२०आई को पाँचौ विकेटका लागि भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि यो कीर्तिमान न्युजिल्यान्डला मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । पाकिस्तानविरुद्धको खेलमा १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए । उक्त खेलमा मार्क च्यापम्यानले १ सय ४ रन जोडेका थिए भने जेम्स निशमले ४५ रनको योगदान दिएका थिए ।
घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रनमात्र बनाउन सफल रह्यो । हङकङको सुरुवात राम्रो हुन सकेन । ओपनर मार्टिन क्वेटजी शुन्यमै पेभिलियन फर्किए । कप्तान निजाकात खान २ रनमा आउट भए ।
एन्स्या राथले सर्वाधिक ४५ रन जोडे । उनले ४२ बलमा ६ चौका प्रहार गरे । बाबर हायातले २० रन जोडे । उनले १५ बलमा ३ चौका प्रहार गरे । आईजाज खानले २५ रन जोडे । उनले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । जिसान अलि ६ रनमा आउट भए । उनले ५ बलमा १ चौका प्रहार गरे । स्कोट एमसीकिच्नै ११ रनमा आउट भए । उनले ११ बलमा २ चौका प्रहार गरे । हारोन अर्साद १२ रनमा आउन भए । उनले १५ बलमा १ चौका प्रहार गरे ।
नेपालका लागि करण केसीले १ मेडनसहित २ विकेट लिए । यस्तै सोमपाल कामी र ललित राजवंशीले पनि समान २-२ विकेट लिए । प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन जोड्यो । नेपालको पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै इनिङ उकासे । नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रनको योगदान दिदैँ क्याट आउट हुन पुगे । उनले ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गरे ।
यस्तै दिपेन्द्र सिंह ऐरीले ५७ रनको योगदान दिदैँ क्याच आउट हुन पुगे । उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल २ रनमा एलबीडब्लु आउट भए । आसिफ सेश २० रनमा क्याच आउट भए । सोमपाल कामी ८ रनमा, कप्तान रोहित पौडेल ११ रनमा आउट भए । सन्दिप जोरा र गुल्सन झा १-१ रनमा नटआउट रहे ।
हङकङका लागि हारुन अर्साद र मोहम्मद घजानफरले समान २-२ तथा आयुस शुक्ला र आईजाज खानले समान १-१ विकेट लिए । नेपालको यो लगातार तेस्रो जित हो । अपराजित नेपालको ३ खेलबाट ६ अंक रहेको छ । यो सँगै नेपालले फाइनलको यात्रा तय गरेको हो ।





