बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

३ महिनामा १ हजार बढि नागरिकता बितरण

३ महिनामा १ हजार बढि नागरिकता बितरण


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८०, आइतबार

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक बर्षको ३ महिनामा १ हजार बढि नयाँ नागरिकता बितरण गरेको छ । प्रशासनले चालु आर्थिक बर्ष २०८०÷०८१ साउन १ गतेबाट असोज मसान्तसम्म १ हजार १ सय ५१ जनालाई नयाँ नागरिकता वितरण गरेको हो ।

यो अवधिमा २ हजार ४ सय ४३ जनालाई राहदानी वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । तीन महिनाको अवधिमा १ हजार ६२ जनालाई नागरिकताको प्रतिलिपी वितरण, २ सय ४२ जनालाई नावालक परिचय पत्र वितरण गरिएको र २ हजार ७ सय ६९ राहदानीका लागि जिल्लाबाट सिफारिश गरिएको बरालले बताए ।

प्रशासनले यो अवधिमा १ करोड ५६ लाख ८१ हजार ४ सय ७५ राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->