पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ । डबल राउन्ड रोविन अन्तरगत नेपालले आज युएईसँग खेल्दैछ ।
खेल दिउँसो ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल यो खेलको नतिजाले कुुुनै असर गर्ने छैन् । नेपालले लगातार तीन खेलमा जित हासिल गर्दै फाइनल प्रवेश गरिसकेको छ ।
पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । हङकङसँगको पहिलो खेलमा ६ विकेट र दोस्रो तथा लिगको तेस्रो खेलमा ७९ रनले हराएको थियो ।
उता युएईलाई भने फाइनलमा पुग्न बाँकी दुई मध्ये एक खेल जित्नैपर्ने समिकरण बनेको छ । युएई नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । नेपालसँग पराजित हुँदा बुधबार हङकङलाई हराउनु पर्ने हुन्छ ।
हङकङसँग हारेको खण्डमा भने युएईको फाइनल खेल्ने समिकरण नेटनरेटमा निर्भर हुनेछ । फाइनल कार्तिक १० मा हुनेछ । फाइनल खेल टियुमा हुनेछ ।





