सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाललाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य

नेपाललाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८०, सोमबार

पोखरा/ त्रिकोणात्मक टि२० आई सिरिजमा युुएईले नेपाललाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर मुलपानी क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाउन सफल रह्यो ।

पहिलो ओभरको पाँचौ बलसम्म राम्रै सुरुवात गरेपनि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाउँदा लय गुम्न पुग्यो । सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा खालिद साहलाई बोल्डआउट गरे । उनले पहिलो ओभरमा १४ रन खर्चदैँ एक विकेट लिएका हुन र खालिदले ५ बलमा ३ चौकासहित १२ रन जोडे ।

ओपनर मोहम्मद वासिम सोमपालको तेस्रो ओभरको चौथो बलमा ८ रनमा गुल्सन झाबाट क्याच आउट हुन पुग्यो । वासिमले ७ बलमा १ चौका प्रहार गरे । युएईले तेस्रो विकेटको रुपमा आसिफ खानलाई १८ रनमा गुमायो । नवौं ओभरको पाँचौ बलमा गुल्सन झा ले सोमपाल कामीबाट आसिफलाई क्याच आउट गराए । आसिफले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

अलिसान साराफु रन आउट भए । तेह्रौं ओभरको दोस्रो बलमा उनी रन आउट हुन पुगे । उनले ७ बलमा १ चौका प्रहार गरे ।
१७ औं ओभरको पहिलो बलमा व्रितिया अर्भिन्द अभिनाष बोहोराको बलमा बोल्ड आउट हुन पुुगे । अर्भिन्दले ५१ बलमा ४ चौका सहित ४५ रन जोडे । १९ औं ओभरमा विकेट किपर आसिफ घाइते हुन पुगे । उनको स्थानमा विनोद भण्डारी आए ।

१९ औं ओभरको चौथो बलमा अभिनाषको बलमा बसिल हम्मिद ४५ रनमा कप्तान रोहित पौडेलबाट क्याच आउन हुन पुुगे । लामो सट खेल्ने धुनमा उनी क्याच आउट हुन पुुगे । उनले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरे । २० औं ओभरको दोस्रो बलमा करणले अलि अमेर असिर ९ रनमा दिपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए । उनले ८ बलमा १ चौका प्रहार गरे । निलान्स सर्राफु ८ र अकिफ राजा ५ रनमा नटआउट रहे ।

नेपालको लागि सोमपाल कार्मीले २ तथा अभिनाष बोहोराले २ विकेट लिए । करण केसी र गुल्सन झाले १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->