सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल ५ विकेटले विजयी

नेपाल ५ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८०, सोमबार

पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा युुएईलाई ५ विकेटले हराएको छ । आसिफ सेख र रोहित पौडेलले उत्कृष्ट ९९ रनको साझेदारी गर्दै खेललाई जिततर्फ उन्मुख गरे पाँचौ विकेटका लागि दिपेन्द्रसिंह ऐरी क्रिजमा पुगे । नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६५ रन बनायो ।

उनले १५ बलमा ४० रन बनाउँदै जित दिलाए । दिपेन्द्रले १५ बलमा ६चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । गुल्सन झा १ रनमा नटआउट रहे ।

नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालले ६ रनमा २ विकेट गुमाउन पुुग्यो । ओपनर कुशल भुर्तेल १ रनमै बोल्डआउट हुन पुुगे । पहिलो ओभरको चौथो बलमा मुहम्मद जावादुल्हाबो बलमा बोल्ड हुन पुुगे । दोस्रो ओभरको चौथो बलमा सोमपाल क्याउ आउट हुन पुुगे । आकिफ राजाको बलमा विकेटकिपर अर्भिन्दबाट सोमपाल क्याच आउट भए । उनले २ रन बनाए ।

कुशल मल्ल तेस्रो ओभरको पहिलो बलमा रन आउट हुन पु्गे । उनी शुन्यमै पेभिलियन फर्किए । त्यो सँगै नेपाल ११÷३ को स्थितिमा रहेको थियो । १६ औं ओभरको तेस्रो बलमा आसिफ सेख जवदुल्लाको बलमा बोल्ड आउट हुन पुगे । आसिफले नेपालका लागि ४९ रनमा ६२ रनको महत्वपूर्ण योगदान दिए । कप्तान रोहित पौडेल ४७ रनमा क्याच आउट हुन पुुगे । उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

युुएईका लागि मुहम्मद जवादुल्लाहले २ विकेट लिए भने, असिफ राजा र जाहोर खानले समान १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाउन सफल रह्यो । पहिलो ओभरको पाँचौ बलसम्म राम्रै सुरुवात गरेपनि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाउँदा लय गुम्न पुग्यो । सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा खालिद साहलाई बोल्डआउट गरे । उनले पहिलो ओभरमा १४ रन खर्चदैँ एक विकेट लिएका हुन र खालिदले ५ बलमा ३ चौकासहित १२ रन जोडे ।

ओपनर मोहम्मद वासिम सोमपालको तेस्रो ओभरको चौथो बलमा ८ रनमा गुल्सन झाबाट क्याच आउट हुन पुग्यो । वासिमले ७ बलमा १ चौका प्रहार गरे । युएईले तेस्रो विकेटको रुपमा आसिफ खानलाई १८ रनमा गुमायो । नवौं ओभरको पाँचौ बलमा गुल्सन झा ले सोमपाल कामीबाट आसिफलाई क्याच आउट गराए । आसिफले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

अलिसान साराफु रन आउट भए । तेह्रौं ओभरको दोस्रो बलमा उनी रन आउट हुन पुगे । उनले ७ बलमा १ चौका प्रहार गरे । १७ औं ओभरको पहिलो बलमा व्रितिया अर्भिन्द अभिनाष बोहोराको बलमा बोल्ड आउट हुन पुुगे । अर्भिन्दले ५१ बलमा ४ चौका सहित ४५ रन जोडे ।
१९ औं ओभरमा विकेट किपर आसिफ घाइते हुन पुगे ।

उनको स्थानमा विनोद भण्डारी आए । १९ औं ओभरको चौथो बलमा अभिनाषको बलमा बसिल हम्मिद ४५ रनमा कप्तान रोहित पौडेलबाट क्याच आउन हुन पुुगे । लामो सट खेल्ने धुनमा उनी क्याच आउट हुन पुुगे । उनले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।२० औं ओभरको दोस्रो बलमा करणले अलि अमेर असिर ९ रनमा दिपेन्द्र सिंह ऐरीबाट क्याच आउट गराए । उनले ८ बलमा १ चौका प्रहार गरे । निलान्स सर्राफु ८ र अकिफ राजा ५ रनमा नटआउट रहे ।

नेपालको लागि सोमपाल कार्मीले २ तथा अभिनाष बोहोराले २ विकेट लिए । करण केसी र गुल्सन झाले १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->