सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल च्याम्पियन, एसिया कपमा प्रवेश

नेपाल च्याम्पियन, एसिया कपमा प्रवेश


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८०, मंगलबार

पोखरा/नेपाल एसिसी यु–१९ प्रिमियर कप च्याम्पियन बनेको छ । आज युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै उपाधि चुमेको हो ।

डिएलएस मेथड अनुसार जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा १ सय ७८ रनमा अल आउट हुन पुग्यो । नेपालले २ सय ८१ रनको विशाल विजयी लक्ष्य दिए पश्चात ब्याटिङ गरेको युएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन जोडेको स्थितिमा वर्षा भएपछि खेल रोकिएको थियो । केहि समय खेल रोकिँदा ओभर घटाएर २७ ओभरमा झारिएको थियो । त्यपछि १ सय ९८ रनको लक्ष्य पाएको हो ।

ध्रुब परेशारल ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । कप्तान आयन खान २४ बलमा १ चौका र २ छक्कासहित ३० तथा अर्यांश शर्मा ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । अन्य कुनैपनि युएईका ब्याटरले राम्रो गर्न सकेनन् ।
नेपालका लागि आकाश त्रिपाठीले सार्वाधिक ४ विकेट लिए । उनले ५ ओभरमा ३७ रन खर्चे । सुवाष भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विवेक लिए । आकाश चन्दले ५.५ ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनाएको थियो । नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए । कमजोर सुरुवात गरेको नेपाललाई अर्जुन र देव मिलेर तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर दीपक बोहरा ५ र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए ।

दीपक डुम्रे ३० बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए । पाँचौं विकेटका लागि उत्तम र दीपक डुम्रेल ५८ रनको साझेदारी गरेका थिए । विकेटकिपर उत्तम थापामगरले ६७ बलमा ४ चौका र १ छक्कासहित महत्वपूर्ण ५७ रन जोडे । हेमन्त धामी ७ र विशाल विक्रम केसी ३ रनमा आउट भए । दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहे ।

युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । कप्तान आयन खानले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । नेपाल एसिया कपमा पनि छनोट भएको छ । नेपाल, युएई र जापान प्रिमियर कपबाट एसिया कपको लागि छनोट भएका हुन् । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->