बागलुङ/ बागलुङ गुल्मी सिमाना भएर बग्ने दरमखोलामा एक पुरुषको शव फेला परेको छ । दरमखोलामा गलकोट नगरपालिका वडा नं ११ रिघाफेँदीका ५२ वर्षीय नर बहादुर कुमालको शव फेला परेको हो ।
उनको शव खोलामा घोप्टो अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक नरबहादुर मंगलबार बेलुकी देखि घरबाट हिँडेको परिवारले बताएका छन् ।
अहिले प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरी पोष्टमार्टमका लागि हरिचौर लगिएको छ । प्रहरीले खोला तर्ने क्रममा कुमाललाई खोलाले बगाएको हुन सक्ने अनुमान गरि घटनाबारे अनुसन्धान गर्दैछ ।





