पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङले युएईलाई ६९ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा भएको डबल राउन्ड रोविन अन्तरगतको अन्तिम खेलमा युएईलाई हराएपनि हङकङ फाइनलमा प्रवेश गर्न असमर्थ रह्यो ।
आज भएको खेलमा २१३ रनको विजयी लक्ष्य पछ्याएको युएई २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनमा सिमित रह्यो । युएई र हङकङको कुल चार÷चार खेलबाट समान एक जित तीन हारसहित २–२ अंकको समिकरण बन्यो । नेट रनरेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो ।
युएईका वसिल हमिद ३० रनमा नटआउट रहे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । निलान्स केश्वीन ३१ रनमा नटआउट रहे । उनले २६बलमा ३ चौका प्रहार गरे । ओपनर तथा कप्तान मुहम्मद वासिम १ रनमा क्याच आउट हुन पुुगे । खालिद साह ३५ रनमा बोल्डआउट भए ।
उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे । भिर्तिया अर्विन्द ७ रनमा रनआउट भए । आसिफ खान शुन्यमा आउट भए । अलिसहान साराफुु ३० रनमा आउट भए । उनले २१ बलमा ५ चौका प्रहार गरे । हङकङका लागि इशान खान, आयुष शुक्ला, नासरुल्ला राना र यासिम मुर्ताजले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ राजेको हङकङले २० ओभरमा ३ विकेट गुुमाउँदै २१२ रन बनायो । हङकङकालागि बाबर हायात ६० रनमा नटआउट रहे । उनले २० बलमा ५ चौका र ५ छक्का प्रहार गरे । यासिम मुर्ताजा ३ रनमा नटआउट रहे । ओपनर मार्टिन कोटजीले ५५ बलमा १० चौका र ४ छक्कासहित ८६ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । कप्तान निजाकात खान ९ रनमा बोल्डआउट भए । एन्स्या राथ ४१ रनमा क्याचआउट भए ।
युएईका लागि निलान्स केश्वानीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर एक विकेट लिए । सानचित शर्मा र एकिफ राजाले समान १÷१ विकेट लिए ।
युएईले शनिबार फाइनलमा नेपालको सामना गर्नेछ । नेपाल चार खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।





