पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन् । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् ।
कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन पुगे । कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । टियु मैदानमा ब्याटिङ थालेको नेपालले ७.४ ओभरमा ३ विकेट गुमाउादै ६९ रन बनाएको छ ।
नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो । आसिफ १२ बलमा १ चौका सहित ७ रनमा बोल्ड आउट हुन पुगे। उनी आयान अफजल खानको पाँचौ ओभरको छैटौं बलमा बोल्ड भएका हुन् । नेपाल ४३–१ को स्थितिमा पुगेको थियो ।
लगत्तै सातौं ओभरको चौथो बलमा कुशल मल्ल बोल्डआउट भए । कुशलपनि आयानकै बलमा आउट भए । कुशल एक रनमा आउट भए ।





