सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८०, शुक्रबार

पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाउन सफल रह्यो । नेपालका लागि करण केसी २३ रनमा नटआउट रहे । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । अभिनाष बोहोरा शुन्यमा क्रिजमा रहे ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक योगदान दिए । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् । कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन पुगे । कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो । आसिफ १२ बलमा १ चौका सहित ७ रनमा बोल्ड आउट हुन पुगे। उनी आयान अफजल खानको पाँचौ ओभरको छैटौं बलमा बोल्ड भएका हुन् । नेपाल ४३–१ को स्थितिमा पुगेको थियो ।

लगत्तै सातौं ओभरको चौथो बलमा कुशल मल्ल बोल्डआउट भए । कुशलपनि आयानकै बलमा आउट भए । कुशल एक रनमा आउट भए ।
कप्तान रोहित पौडेल १३ औं ओभरको पहिलो बलमा क्याचआउट हुन् पुगे ।

उनी अलि नासिरको बलमा आउट भएका हुन् । रोहितले १६ बलमा १ चौका प्रहार गर्दै १८ रन बनाए । नासिरले सोही बलको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई बोल्ड आउट गराए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । उक्त ओभरमा नेपालले महत्वपूर्ण दुई ब्याटर गुमाउन पुग्यो । त्यो संगै नेपाल १०९–५ को स्थितिमा पुगेको थियो ।

सोह्रौं ओभरको पहिलो बलमा सन्दिप जोरा उत्कृष्ट क्याचको सिकार हुन पुगे । जाहोर खानको बलमा मुहम्मद वासिमबाट उनी क्याच आउट हुन पुगे । सन्दिपले १० बलमा १ चौकासहित १० रन बनाए ।

सत्रौं ओभरको पहिलो बलमा गुल्सन झा क्याच आउट हुन पुगे । जुनियाद सिद्धिक्युको बलमा वासिमबाट क्याच आउट हुन पुगे । उनले ८ बलमा ५ रन बनाए । आयानको १८.४ बलमा सोमपाल बोल्डआउट भए । सोमपालले ८ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाए ।

युएईका लागि आयान अफजल खानले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अलि नासिर र जाहोर खानले समान २÷२ विकेट लिए । जुनियाद सिद्धिक्युले एक विकेट लिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->