सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन

नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८०, शुक्रबार

पोखरा/ त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन बनेको छ । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा २ बलमा २ रन चाहिएको स्थितिमा वसिल हम्मिदले छक्का प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए । उनी १६ बलमा २ छक्का प्रहार गर्दै २२ रनमा नटआउट रहे । आयान अफजल खान ५ रनमा नटआउट रहे ।

१६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ बलमा ६ विकेट गुमाउँदै जित हासिल गरेको हो । युएईले पहिलो ओभरको पहिलो बलमै फ्रि–हिट पाएसँगै निकै सुखद् सुरुवात भयो । ओपनर तथा कप्तान मोहम्मद वासिम र आर्यान्स शर्माले ४७ बलमा ७१ रनको उत्कृष्ट साझेदारी गरे ।

गुल्सन झाले सातौं ओभरको पाँचौ बलमा महत्वपूर्ण विकेट लिए । उनले वासिमलाई बोल्डआउट गरे । वासिमले २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

दशाँैं ओभरको तेस्रो बलमा आर्यान्स क्याचआउट हुन पुगे । कुलश मल्लको बलमा ठूलो सट खेल्ने धुनमा रहेको आर्यान्स सन्दिप जोराबाट क्याचआउट हुन पुगे । आर्यान्सले २६ बलमा २ चौकासहित २५ रन बनाए ।

११ औ ओभरको पाँचौ बलमा आसिफ खान क्याच आउट हुन पुगे । गुल्सन झाको बलमा अभिनाष बोहोराबाट क्याच आउट हुन पुगे । आसिफले ६ बलमा १ छक्कासहित ७ रन बनाए । १५ औं ओभरको तेस्रो बलमा अलिसान सराफु आउट भए । अभिनाष बोहोराको बलमा कुशल भुर्तेलबाट उनी क्याच आउट भए । सराफुले १३ बलमा २ चौकासहित १३ रन बनाए ।

विर्तिया अर्भिन्द एक रनमा रनआउट भए । १६ औं ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले रनआउट गराए । अर्भिन्दले २५ बलमा ३ चौकासहित २६ रन जोडे । १९ ओभरको चौथो बलमा अलि नासिर आउट भए । अभिनाष बोहोराले बोल्ड आउट गरे । नासिरले ९ बलमा १ चौकासहित ११ रन बनाए ।

नेपालका लागि गुल्सन झा र अभिनाष बोहोराले समान २÷२ तथा कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाउन सफल रह्यो । नेपालका लागि करण केसी २३ रनमा नटआउट रहे । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे । अभिनाष बोहोरा शुन्यमा क्रिजमा रहे ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक योगदान दिए । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् । कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन पुगे । कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो । आसिफ १२ बलमा १ चौका सहित ७ रनमा बोल्ड आउट हुन पुगे। उनी आयान अफजल खानको पाँचौ ओभरको छैटौं बलमा बोल्ड भएका हुन् । नेपाल ४३–१ को स्थितिमा पुगेको थियो ।

लगत्तै सातौं ओभरको चौथो बलमा कुशल मल्ल बोल्डआउट भए । कुशलपनि आयानकै बलमा आउट भए । कुशल एक रनमा आउट भए ।
कप्तान रोहित पौडेल १३ औं ओभरको पहिलो बलमा क्याचआउट हुन् पुगे । उनी अलि नासिरको बलमा आउट भएका हुन् । रोहितले १६ बलमा १ चौका प्रहार गर्दै १८ रन बनाए ।

नासिरले सोही बलको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई बोल्ड आउट गराए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्कासहित २० रन बनाए । उक्त ओभरमा नेपालले महत्वपूर्ण दुई ब्याटर गुमाउन पुग्यो । त्यो संगै नेपाल १०९–५ को स्थितिमा पुगेको थियो ।

सोह्रौं ओभरको पहिलो बलमा सन्दिप जोरा उत्कृष्ट क्याचको सिकार हुन पुगे । जाहोर खानको बलमा मुहम्मद वासिमबाट उनी क्याच आउट हुन पुगे । सन्दिपले १० बलमा १ चौकासहित १० रन बनाए ।

सत्रौं ओभरको पहिलो बलमा गुल्सन झा क्याच आउट हुन पुगे । जुनियाद सिद्धिक्युको बलमा वासिमबाट क्याच आउट हुन पुगे । उनले ८ बलमा ५ रन बनाए । आयानको १८.४ बलमा सोमपाल बोल्डआउट भए । सोमपालले ८ बलमा २ चौका प्रहार गर्दै १३ रन बनाए ।

युएईका लागि आयान अफजल खानले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अलि नासिर र जाहोर खानले समान २÷२ विकेट लिए । जुनियाद सिद्धिक्युले एक विकेट लिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->