पोखरा / आईसिसी टि२० विश्वकप एसिया छनोटका लागि स्पिनर सन्दीप लामिछानेले टोलीमा फर्किएका छन् । राष्ट्रिय टोलीबाट आफुलाई अलग गरेका सन्दिप विश्वकप एसिया क्षेत्र छनोटका लागि टोलीमा फर्किएका हुन् । नेपालमा आयोजना भएको त्रिकोणात्मक टि२० सिरिज खेल्नु अगावै सन्दिपले सामाजिक सञ्जालमार्फत नेपाली टोलीबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए ।
भोलिदेखी टियु र मुलपानी मैदानमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल खेल्ने टोली घोषणा गर्दा सन्दिपको समेत नाम सार्वजानिक भएको हो ।
आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्नेछन् ।
रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । टोलीमा पौडेलसहित, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।






