बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दोस्रो लामो पुल निर्माणको ९५ प्रतिशत काम सकियो

दोस्रो लामो पुल निर्माणको ९५ प्रतिशत काम सकियो


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

बागलुङ/ सिंगल स्पान प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालिगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ । बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्नेगरी सिंगल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्नेगरी चार वर्ष पहिला एक टापुदेखि अर्कोटापु सिधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । ५६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णिम झुला नामाकरण गरेको छ । लामो पुल तयार भएको चार बर्षपछि बागलुङकै बागलुङ नगरपालिका ४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्नेगरी दोस्रो लामो पुल तयार भएको हो ।

झोलुङ्गपुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदिमाथी पुल बन्ने क्रम जारी छ । बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो । ५२४ मिटर लामो १८५ मिटर अग्लो सिंगल स्पानको बिश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी हिमशिखर हिरा कन्ट्रक्सनका प्रतिनिधि वसन्त घर्ती मगरले बताए ।

अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिने छ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषि उपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् ।
स्सपेन्सन ब्रिज नेपाल ललितपुरले हिमशिखर हिरा कन्ट्रक्सनलाई कामको जिम्मेबारी दिएको थियो । २०७९ भदौ ४ गते यो पुल निर्माण कार्य थालनी भएको थियो । काम सुरु भएको एक बर्ष भित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न ८ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्यको म्याद झण्डै १ बर्ष बाकी रहेको छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिव ५ आना जग्गा निशुल्क प्रदान गरेका थिए ।

बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने बिश्व कै सबैभन्दा लामो ५६७ मिटरको झोलुङ्गेपुल ४ वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विजरल्याण्डमा ४९७ मिटर लामो सिंगल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->