बागलुङ/ आइतवार काठमाडौंदेखि ६० वटा बुलेट मोटरसाइकलमा एकसयबढी पर्यटक ढोरपाटन पुगेका छन् । उनीहरु फर्कंदा सोमबार बिहान ढोरपाटन नगरपालिकाले बुर्तिवाङस्थित पुलमा रोकेर सबैलाई सम्मान ग¥यो । साथै नियमित रुपमा घुम्न आउन आग्रह गरियो ।
कावा प्रमुख धनबहादुर कायतले सबैलाई फूलमालाले स्वागत गरे । ‘यो हाम्रोलागि सौभाग्य हो,’ कायतले भने, ‘जो जो आएका छन् उनीहरु खुसी भएर जाँदा उनीहरुले नै अरु पाहुना पठाउँछन् ।’ यो समूहमा डाक्टर, इन्जिनियर र अन्य प्राविधिकहरु रहेको उनले रेकर्ड राखेको बताए ।
दशै लागेदेखि नै ढोरपाटन घुम्नेहरुको ताँती लाग्न थालेको छ । मुख्य सिजनको रुपमा असोज र कात्तिकमा ढोरपाटन घुम्न जाने आन्तरिक पर्यटक बढीनै आउँछन् । ढोरपाटन सिकार आरक्षले यहाँ प्रवेश गर्नेको लागत राख्ने गरेको छ । अघिल्लो बर्ष झण्डै १० हजार पर्यटक मुख्य सिजनमा ढोरपाटन पुगेका थिए । जाडोमा हिउँजम्ने भएकोले त्यसपछि ढोरपाटन सुनसान हुन्छ । अहिले भने मुख्य उपत्यका बाहेक बुकी, जलजला, गुर्जाघाट र निसेलढोर सम्म घुम्नेहरुको ताँती लागेको सामाजिक संजालमा राखिएका तस्बिरले पनि प्रष्ट बनाएको छ ।
बिहानै मौषम खुल्ने, हिमाली ऋखला समेत प्रष्ट देखिने र हल्का चिसो मौषमको आनन्द लिन आन्तरिक पर्यटकको चहलपहल बढेको ढोरपाटन नगरपालिका वडा नंं ९ का अध्यक्ष खिमबहादुर घर्तीले बताए । नगरपालिकाले यहाँका होमस्टे र होटलहरुमा पाहुना सत्कार तथा कुक र वेटर लगायतको तालिम समेत दिएर पाहुना स्वागतमा कमी हुन नदिन आग्रह समेत गरेको छ । तरपनि स्तरीय होटल भने अझै ढोरपाटनमा बनेका छैनन् ।
आरक्ष कार्यालयले पछिल्लो एकसातामा कुनै दिन २ हजार जना सम्म पर्यटक ढोरपाटन पुगेको तथ्यांक राखेको छ । आरक्ष क्षेत्र भएकोले नाम दर्ता गरेर मात्र जान पाउने व्यवस्था छ । आएका पाहुनालाई होमस्टे र होटलमा स्वागत गर्ने गरिएको स्थानीयले बताए । ‘छिटफुट आउने पाहुनालाई होमस्टेमा र समूहमा आउनेलाई नगरपालिकाले स्वागत गर्ने चलन बसाल्न लागेका छौं,’ कायतले भने, ‘होमस्टे संचालकहरुपनि जिम्मेवार भएर सम्मान र स्वागत गर्न सकेमा पर्यटक बढ्छन् ।’ अत्याधिक चिसो मौषम बाहेक सबै महिना ढोरपाटनमा पर्यटक लैजान पहल गर्न उनले बताए । ढोरपाटन पुग्ने सडक भने स्तरीय बनाउनुपर्ने पर्यटकहरुको माग छ । ‘हामी पुग्दा बाटो अप्ठ्यारो भएर सवारी साधननै जोखिममा परेका थिए,’ काठमाण्डौबाट आएका गोबिन्द छन्त्यालले लेखेका छन्, ‘बालबाल बचियो ।’ सडक राम्रो बनएमा धेरै पर्यटक पुग्ने उनको भनाइ छ ।
ढोरपाटनमा सामान्य होटल र होमस्टे मात्रै छन् । नगरपालिकाले व्यवस्थित होटल बनाउन व्यवसायीलाई आब्हान गरेको कायतले बताए ढोरपाटन पुग्नेले उत्तरगंगा, रुद्र ताल,छेन्तुङ, जलजला, बुकी, निसेलढोर लगायत घुम्न रुचाएका छन् । मुख्य पाटनदेखि बुकी र जलजला जानेहरु उतै बस्न रुचाएपनि होटल नभएर फर्कनु परेको अधिकांसको गुनासो छ । ‘होटल भएको भए बुकी वा जलजला बस्थ्या,ैं’ बानपा १३ का बालकृष्ण शर्माले भने, ‘बस्ने ठाउँ नपाएर रातारात फर्कनु प¥यो ।’ उनीहरु पनि मोटरसाइकलमा ढोरपाटन घुम्न गएका थिए ।
सालझण्डी ढोरपाटन सडक अलपत्र भएकोले पर्यटक सहजै पुग्न नसकेको उनले बताए । २०६६÷६७ मा उत्तर–दक्षिण जोड्न रुपन्देहीको सालझण्डीदेखि–ढोरपाटन पुर्याउने गरी सडक निर्माण सुरु भएको थियो । ९ अर्ब लागत स्टिमेट गरिएको १ सय ९७ किमी सडकको ट्रयाक खुलेको छ । स्तरीय बनाउने काम भने ३० प्रतिशतमात्र प्रगति भएको हो ।





