सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट

सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८०, शुक्रबार

काठमाडौं / मैदानमा युएईलाई पराजित गर्दै नेपालले अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गरेको छ। यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनाेट भएको हो।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो। यसअघि टी २० विश्वकप खेल्ने टोलीका सोमपाल कामी मात्र अहिले छनोट हुने सफल टोलीमा पनि छन्।

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

कुशल भुर्तेल २ चौका प्रहार गरी ८ रन बनाई आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १-१ विकेट लिए ।

ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको थियो । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगैं विश्वकपमा पुगेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पुरा गरेको थियो ।

गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->