बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सांसद सुवेदीको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा

सांसद सुवेदीको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

बागलुङ/ गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले एक महिनाको पारिश्रमिक भुकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन ।

सुवेदीले शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका- १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पिडितका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने बताएका हुन ।

भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिना बराबरको ५२ हजार २ सय रुपैयाँ पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको उनले बताए ।

शुक्रबार ११ः४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ ।

‘यो समय सवैको साथ र सहयोगको आवश्यक पर्ने समय हो, सुवेदीले भने, ‘आफुले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ । प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौं । जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौं ।’

बागलुङ क्षेन नं. १ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सुवेदीले घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनस्थापनामा आ-आफ्नो तर्फबाट सवैलाई जुटनका निम्ती आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->