बागलुङ/ जिलको बरेङ गाउँपालिका, १ धुल्लुबाँस्कोट अयरपानीमा आईतबार आगलागी हुँदा एक घर जलेको छ । खरको छाना भएको घरमा आगलागी भएपछि घर पूर्णरुपमा जलेको हो । अयरपानीका भिम बहादुर थापाको घरमा आईतबार राती करिव १० बजे आगलागी भएको थियो । घर पूर्ण क्षती भएको भएपनि मानविय क्षती हुनबाट भने जोगिएको ईलाका प्रहरी कार्यालय बरेङले जनाएको छ । आईतबार रातीनै स्थानीय तथा सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीमा खाद्यान्न लत्ता कपडा लगायतको सामान जल्दा करिव १ लाख ५० हजारको क्षेती भएको पनि जनाईएको छ ।





