बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८०, मंगलबार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती १० बजे मध्ये पहाडी लोकमार्गमा पर्ने ढोरपाटन, २ मलकटिबाङमा उक्त ध१ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका, २ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका ३२ बर्षिय अस्विन परियार रहेका छन् । पुन ट्याक्सीका मालिक तथा चालक तथा ट्याक्सी ब्यवसायी संघ बुर्तिबाङका उपाध्यक्षसमेत हुन् । ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको र सवार दुवै जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->