पोखरा / अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष अधिवेशनमा कुल ५३ मत खसेको छ । कुल ८७ मतदाता रहेपनि ५३ मत मात्रै खसेको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको वर्खास्तीको माग बहुमतले गरेपछि आज विशेष साधारणसभा बोलाइएको थियो । मत गणना सुरु हुँदैछ ।
एन्फाको विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको हो ।
एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।





