सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एन्फा अध्यक्ष नेम्वाङको पक्षमा मत

एन्फा अध्यक्ष नेम्वाङको पक्षमा मत


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८०, बिहिबार
पोखरा / अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष अधिवेशन अध्यक्ष पंकजविक्रम नेम्वाङको पक्षमा देखिएको छ ।
कुल ५३ मत खस्दा बर्खास्तीको पक्षमा शुन्य मत रह्यो भने उनको पक्षमा ५२ मत रह्यो । एक मत बदर भयो । विशेष साधारणसभाको एक मात्र एजेन्डा अध्यक्षको बर्खास्ती रहेको थियो । 
विस्वासको प्रस्ताव समर्थनमा शुन्य र अविस्वासको प्रस्ताव विरुद्ध ५२ मत रहेको हो । यस्ते एक मत वदर रह्यो । 
विरोधी पक्षले भने मतदानमा सहभागिता जनाएनन् । उनीहरुले साधारणसभामा समेत असन्तुष्टि जनाएपछि केहि समय नाराबाजी चलेको थियो । 
प्रहरीको विशेष सुरक्षा घेराभित्र रहेर मतदान सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->