पोखरा / राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी इन्दु बर्माले पाएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बर्मालाई नयाँ कप्तान नियुक्त गरेको हो। हङकङमा हुने टी-२० शृङ्खलामा बर्माले नेपालको नेतृत्व गर्नेछिन्।
रुविना क्षेत्रको ठाउँमा बर्मा कप्तान बनेकी हुन्। क्षेत्रीले ११ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरेकी थिइन्। अर्को सातादेखि हुने प्रतियोगिताका लागि बर्माको नेतृत्वमा १४ सदस्यीय टोली पनि घोषणा गरिएको छ। जसमा पूर्व कप्तान क्षेत्री पनि छन्।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजल श्रेष्ठ, कञ्जन श्रेष्ठ, सोनु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुशी डंगोल, सम्झना खड्का र सोनु पोखरेल छन्। कात्तिक २९ गतेदेखि हङकङमा टी-२० प्रतियोगिता हुँदै छ।





