पोखरा / नेपालमा अब टिकटक बन्द हुने भएको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।
मन्त्री शर्माले उक्त निर्णय तत्काल कार्यान्वयनमा जाने सुनाइन् । टिकटक बन्द गर्नका लागि कुनै डेडलाइन तोकिएको छैन ।
‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’





