बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्याङ्जामा जिप दुर्घटना आठ घाइते

स्याङ्जामा जिप दुर्घटना आठ घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०८०, मंगलबार

स्याङ्जा/ कालिगण्डकी गाउँपाकिाल १ प्युघामा गएराती डबल क्याप जिप दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।
बुटवलबाट करीकोट जादै गरेको ग १ ज ७६०४ नं. को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट अन्दाजी २५/३० मिटर तल खस्दा जिपमा सवार चालक सहित सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा कालिगण्डकी १ का ५२ बर्षि अति कुमारी गाहा, जिप चालक २४ बर्षिय आशिफ पाण्डे, ३७ बर्षिय जमुना रेश्मी, २४ बर्षिय माया राना, बाणगंगा नपा १० कपिल्वस्तु बस्ने ७४ बर्षि तुलसीराम गाहा, भुमिसरा गाहा, सुनवल नपा १० किर्तिपुर नवलपरासीकी २० बर्षिय अन्जना रेश्मी रहेको प्रहरी निरीक्षक पहल सिहँ लामाले जानाकारी दिए ।
घाइते सबैको अवस्था मध्यम रहेको र सात जनाको मिर्मी अस्पतालमा उपचार भैरहेको प्रहरी जनाएको छ । चलक पाण्डको सामान्य उपचार पश्चात प्रहरी नियन्त्रणमा लिएको लामाले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->